कुलेखानी ईन्द्रसरोबर ताल

Wednesday, August 18, 2010

नेपाल आमा रुदैछिन 
गौतम बुद्ध सम्झिदै 
नयाँ बुद्ध जन्मियो 
गोडा पाखुरा सुर्किदै ।। 

हिमाल पहाड तराइ 
नेताले ठाने पराइ 
केही सिप चलेन 
सोझा जनता कराइ ।। 

लोभि भाषण गरेर 
मख्ख पार्छ जनतालाई 
चिकेन फिल्ला टोकेर 
दोश लाउछ बैठकलाई ।। 

महँगो मुल्य रासनको 
सस्तो मुल्य भाषणको 
भ्रस्तचार र उद्घाटन 
करोड मुल्य आसनको ।। 

हत्या हिसा बलत्कार 
नेताको प्यारो चिल्लाकार 
गर्छन् भाषण जनाताको 
जित पछी तिरस्कार ।। 

चिल्ला कुर्सी ताक्छन 
संबिधान को नाममा 
जनता भोकै मर्दैछन 
नेता दुब्छन दाममा ।। 

कर्के नजर लाउदैछन 
छिमेकि को नाउमा 
इज्जत लुत्छन चेलीको 
सिमा मित्छ ठाउँ ठाउमा 

चाकडि र चाप्लुसिको 
उन्नती छ यहाँ 
सोझा सच्चा ठगिन्छ 
स्वार्थ शासन जहाँ ।
हा हा हा हा 
मनको कुरा नबुझे पछी
लोभि लाभ चाहे पछी
नजिकको मित्र भनेर भएन
उसैले पराइ सम्झे पछी
आखिर ठुले आश थियो
तुत्यो सारा छाडे पछी
सपना भो चक्नाचुर
घाउमा नुन छरे पछी
अब अर्कै रोज्नु पर्ला
उनी टाढा भाए पछी
यस्तो पनि हुन्छ र भनेको ? हा हा हा हा
अर्कै छाने नि 


तिम्रो कर्के हेराइले
मख्खै पार्यौ नि
दुई दिनको रामछाया
माया मार्यौ नि ।

साथमा छु भन्दै
एक्लो पार्यौ नि
जित हुन्छु भन्दै
किन हार्यौ नि ?

आउछु म भन्दै
किन तार्यौ नि
बेदना को आशु
किन झार्यौ नि ?

भुल के भयो त
तिमी गयौ नि
म हुँदा हुँदै
अन्त किन नि ?

म्याद गुज्रे पछी
तिमी आयौ नि
त्यसैले त् मैले
अर्कै छाने नि ।

के के चाँही गरु म 


तिम्रै लागि कती भर परु म
तिम्रै लागि कती डेरा सरु म
तिम्रै लागि जिन्दगी भर
कती पटक मरु म ?

बहाना बनाइ तार्छौ सधैं
तिम्रै लागि कती खोला तरु म
अझै यस्तै गर्छौ भने
अन्तै सुर कसे बरु म

छिट्टै म्याद दिनु मलाई
कहिले उता झरु म
तिम्रै लागि ए हजुर
के के चाँही गरु म .
x

          अती भो ,
अब त अती भो ,
कछुवा को गती भो
मेरो माया तिमीलाई
नयन को जती भो ।

छाडि जान्छौ भने त
बिग्रे कै मती भो
होइन भने मायालु
यो माया अती भो ।।

चोखो माया दिदा पनि
तिमी माया कपती भो
तिम्रो माया अब त
सार्है मलाई अगती भो ।।

घाऊ बने तिमी त
म तिम्रो पत्ती भो
अश्यारो मा पनि हजुर
तिम्रो लागि बत्ती भो ।।

यौबनको जोश तिम्रो
सबै को भत्ती भो
तिम्रै लागि ए हजुर
मेरो निकै क्षती भो ।।

KUNAKANDARA

KUNAKANDARA
                                भालेको लडाइँ बन्यो प्रमको निर्वाचन !
(रामजी बलामी),

 हामीलाई थाहा छ- गोरुको नेतृत्व छान्न सिंगे लडाइँ गर्छन् जसले जित्छ उसैको पछि लागेर अन्य गाईगोरुहरु जान्छन्। भेडाबाख्राको त झन् नेताले जहाँ लग्यो उतै लाइन लागेर जान्छन्। यिनीहरुमा नेतृत्व चयनका लागि केही लडाइँ चले पनि त्यही भीषण युद्ध नै भने हुँदैन तर पक्षीजगत्मा भने अलि फरक देखिन्छ। यसभित्र पर्ने कुखुराको नेतृत्वका लागि आफ्नो ज्यानै जाने अवस्थासम्म लड्ने गर्दछ। जबसम्म जित्दैन तबसम्म बारम्बार रगतै रगत हुने गरी लडिरहन्छन्। अन्त्यमा जित हुनेले लामो समयसम्म त्यो क्षेत्रमा कब्जा जमाउँछन्। त्यो भालेले फुल पार्न बसेका कुखुरीलाई जिस्क्याउने मात्र होइन अरुलाई समेत नजिक पर्न दिँदैन र अरु पनि उसलाई देखेपछि टाउको निहुँराउँदै जी हजुरी गर्न थाल्छन्। हार्ने भालेको भने जिउने आश नै हुँदैन र रगतले लिपेको त्यो शरीर देखेर घरधनी आफैंले काटेर खाइदिन्छ।
हामीले देखेका र भोगेको यी कुरा अहिले यहाँ प्रधानमन्त्री चयनको क्रममा देखिएको परिस्थितिसँग प्रत्यक्ष सरोकार राख्छन्।

हाम्रा नेताहरुले न गाईगोरुको जसरी प्रम छान्न सके न त भेडाबाख्राको जसरी नै। चौथो पटकसम्म पनि भाले लडाइँजस्तै लडिरहेका छन् र अझै लडिरहने कुरा बताइरहेका छन्। जसको कारण देश आज अनिर्णयको बन्दी बनिरहेको छ।भाले लडाइँले कस्तो परिणाम ल्याउँछ भन्ने कुरा माथिको कुराले नै पुष्टि भइसकेको छ। जित्नेले अरुलाई नजिकै नराख्ने र हार्नेको ज्यानै जाने यो खालको व्यहार अहिले देखिरहेको अवस्था छ। गाईगोरु र भेडाबाख्राको जसरी नेता छान्न तम्सिएका भए न देश आज यो अवस्थामा आउनुपर्थ्र्यो न त पार्टीहरुबीचको चर्को मनमुटाव नै तर भालेको जस्तो लडाइँ गरिरहँदा न नेपाली जनताले शान्ति पाए न त नेताहरुले नै सत्ता पाए।

सहमति र सहकार्यको नाममा कुप्रचार गर्दै माधव नेपाल नेतृत्व सरकारको राजीनामा गराउनु चौथो पटकसमेत प्रधानमन्त्री छान्न असफल हुनु र पाँचौं पटक पनि त्यही नियतको लक्षण देखाउनु तथा बारम्बार छिमेकीको नाममा भारतीयहरु प्रवेश भइरहनुले अब नेपाल कुन दिशातर्फ लागिरहेको छ भन्ने कुरा स्पष्ट छ। पार्टीभित्रै असहमतिको आँधी आइरहँदा पनि दलहरुबीचको सहमतीय सरकार देख्नु सपनासिवाय केही थिएन। सहमति शब्दकै अपमान हुने गरी जति पनि व्याख्या-विश्लेषण भयो सबै व्यक्तिवादी सोचकै कारण भयो। दलगत निर्णयलाई समेत पछार्दै मनपरीतन्त्र जपेर प्रधानमन्त्री पदका लागि हानथाप गर्नु लज्जास्पद कुरा हो। राजनीतिमा लछार्ने र पछार्ने त सफलताको प्रतिक नै हो तर अरुलाई पछार्दा आफू सुरक्षित हुनु आवश्यक छ। एमालेजस्तो पार्टीले तटस्थताको मन्त्र जप्नु मोर्चाको नाममा मौकाको फाइदा उठाउने नीति अपनाउनु माओवादीमा प्रचन्डको जिद्दीपन र कांग्रेसको अडिगका कारण आज प्रम चुन्न नसकिएको हो।

श्यामशरणले नेपाली विमानस्थलमा टेक्नेबित्तिकै सरकार गठनमा सहयोग गर्न आएको भन्ने अभिव्यक्ति दिनुले नेपाली राजनीतिमाथि दिल्लीको छाप कस्तो छ भन्ने कुरा छर्लड्डै भइसकेको छ। श्यामशरणले दिएको शरण नेपाली दलहरुलाई अमान्य भएकै कारण पुनः नियमित गाईजात्रा प्रस्तुत हुँदै छ भदौ २ गते। सबै दल आ-आफ्नै मागमा तटस्थ बस्ने हो भने कुनै पनि हालतमा सरकार बन्न नसक्ने कुरामा दुईमत छैन। एमाले अध्यक्ष झलनाथले पुनः सहमतिको नारा घन्काइरहेका छन् तर त्यो पनि अघिल्लो नारा प्रचण्डको जस्तै खेर नजाला भन्न सकिन्न। मुलुकलाई क्यारेमको गोटी सम्झेर बसेका यी नेताहरुका अगाडि हाम्रो यो दुई शब्द काग कराउँदै पिना सुक्दैको उखानबाहेक केही पनि होइन।

बैठक र स्थानपिच्छे अनेक कुरा बताउँदै पत्रकारहरुबीच नै वैमनस्यता कायम गराउने काम पनि हाम्रा नेताहरुले गरिरहेका छन्। पायो भन्दैमा जे पनि प्वाक्क बोल्ने र बोलेको कुरालाई बेवास्ता गर्ने नेताजन अब बोलेर मात्र केही नहुँदोरहेछ त्यसैले तटस्थताको नीति त्यागेर छिट्टै सरकार गठनमा लागून् यही छ कामना !