रामजी बलामी
सहमती + सहमती = असहमती
२ कक्षा देखि पढ्दै आइरहेको जोड घटाउगुणन र भागको सिद्धान्तले अब भने फेल खाएको अनुभुती भइरहेको छ । हामीले जाने अनुसार जोड र जोड गुणन गर्दा बरावर जोड नै हुनुपर्छ भने घटाउ र घटाउ गुणन गर्दा परिणाम जोड नै हुनुपर्छ । अहिलेको राजनीतिक परिवेशमा भने यो नियम ठिक विपरित रुपमा लागु भइरहेको छ । यहां सहमती भनेको जोड हो भने असहमती भनेको घटाउको चिन्ह हो । माथि कै परिणाम अनुसार हेर्ने हो भने पनि सहमती र सहमती वरावर परिणाम सहमती नै आउनु पर्छ । यदि आएन भने त्यो हिसाबलाई कुनै पनि मास्टरले नम्वर दिन मिल्दैन तर राजनीतिमा यस्तो नियम कहां लागु हुंदो रहेछ र त्यसो त अहिलेको परिवेश नियाल्दा जानाजान नमिलेको हिसावलाई पनि इरेजर लगाउदै आफै सच्याउने धुनमा छन नेपाली नेताहरु ।
सहमतीय सरकार निर्माणको लागि भन्दै प्रधानमन्त्री माधव कुमार नेपालले राजीनामा दिएको एक महिना सम्म पनि सहमतीको नाउमा सिन्को समेत भाँच्न सकेन् । राष्ट््रपतीले दिएको दुइ पटक सहमती र दुई पटक बहुमतीको समय सिमाले पनि नपुग भएर पुनः तेश्रो पटक म्याद तोकेको छ । भाकल राखेको बोकालाई समयमै बली चढाइन्छ भन्ने कुरा नेपाली दलहरुले नबुझेका त होइनन् दलगत र व्यक्तीगत स्वार्थमा अडिग रहेर नेपाली जनताको नाममा भाषण गर्दै आफ्नो आवश्यकता पूर्ती गर्नु के तपाईहरुको अधिकार भित्र पर्छ यसरी तोकिएको समय भित्र किन निर्णय गर्न चुके यि नेताहरु माधव नेपाल नेतृत्वको सरकार ठिक थिएन भने किन पहिले नै अस्विकार गर्न सकेनन् म्याद नाघेको औषधी ख्वाएर विरामी कहिल्यै निको हुन्छ जुन सुकै कुरामा पनि घटना हुनु भन्दा अघि नै सचेत हुनु आवश्यक छ तर घटना घटिसकेपछि पछुटाउनु व्यर्थ छ ।
राजीनामा दिएको यत्रो समय सम्म अनेक बहाना बनाइ नेपाली जनताको आंखामा छारो हाल्दै समय गुजार्नु भनेको तपाईहरुको म्याद र इज्ज्ात माथि आशंका जन्माउने आधार मात्र हो । एक पटकको असफलता पछि पनि किन फेरी पासो थाप्नु पर् यो अहिले त ताला र चावी आफ्नै हातमा लिएर ढोकामा कुरुवा बसेका छन् । आफु पनि नसक्ने अरुलाई पनि नदिने चाला के जनावरको जस्तो भएन र आफ्नो मान मर्यादाअधिकार कर्तव्य केहि पनि नवुझेकाहरु अब एक पटक व्युझिने वेला भएको छ । माधव नेपालको सरकार विघटन गर्न सघाएको निहुमा झलनाथको उमेदवार फिर्ता लिएको कुरामा शंका छैन । त्यसैको बदला स्वरुप रामचन्द्र पौडेललाई समर्थन गर्न झलनाथले अस्विकार गरेको कुरामा पनि दुईमत पक्कै छैन । यता बावुराम र प्रचन्द विचको टकरावका कारण स्पष्ट रुपमा सहमती जनाउन नसक्दा अनेक पासोका विच प्रचन्दले उमेदवार दर्ता गरियो । खनाल र प्रचन्द कानेखुसी गर्दै गरेको तस्विर देख्ोर लागेको जिज्ञासा समर्थन पछि टुंगियो । तर पनि मधेसी दलको तटस्थताका कारण चौथो पटकको प्रयास पनि विफल नै भयो ।
अहिले नेकपा एमाले भित्रको चर्काे विवाद र मधेसी दलको हलो अड्काउने खेल तथा कांग्रेस र माओवादी विचको टकरावका कारण राजनीतिक समिकरण मिल्न नसकेको हो । जति पटक सहमतीको बचन वोले पनि सहमती र सहमती भन्दै विमत्ती तर्फ नेपाली राजनीतिक कि्रयाशिल छ । पार्तीगत निर्णयलाई पछार्दै पदकै लागि पार्ती फुटाउने मधेसीदलहरु यति खेर मोर्चाको नाममा एकजुट मात्र भएका छैनन स्वायत्त प्रदेश लगायतको माग समेत तेसा्रइरहेका छन् । मौकाको फाइदा उठाउन लागेका मधेसीदलहरुको माग भने जायज छैन । देशलाई टुक्रा टुक्रा पारेर राष्ट्रि्य अखण्ड्ता माथि हष्तक्षेप गर्दै आफ्नो माग राख्नु नेपाली जनता माथीको दमन हो ।
निर्धारित मिति अनुसार प्रधानमन्त्रीका लागि आज पुनः निर्वाचन हुदैछ । सवै दलहरु आ आफ्नै अदानमा रहेको यस परिस्थितिमा अब पनि निकास आउला भन्न सकिन्न । नेपाली कांग्रेसले जित हात पार्न एमाले र मोर्चाको समर्थन अनिवार्य छ भने माओवादीले जित्न मोर्चाको समर्थन अनिवार्य छ । आफ्नो नेतृत्वमा सरकार बनाउने भन्दै मोर्चाको अनुपयुक्त सर्त पनि स्विकार्न तल्लिन भयो भने त्यो भन्दा वज्रपात अरु हुनै सक्दैनन् । सत्ताको स्वाद चाख्न पल्केका अनुभवी र स्वादको पर्खाइमा रहेका महशुसवादी विच अहिले ठुलो खाडल देखिन्छ । जसको परिणाम स्वरुप यस्तो अवस्था आएको हो । यस्तै अवस्था रहिरहने हो र दलहरुविच स्वार्थताको भावना अडिग रहने हो भने कुनै पनि हालतमा नयाँ नेतृत्व चयन हुन सक्दैन्ा । नेपालको प्रगती त परै जाओस झन दुर्गती तर्फ जानेछ ।