कुलेखानी ईन्द्रसरोबर ताल

Saturday, October 30, 2010

मख्ख पर्नु दिदि बहिनी
 प्यारो भाई आउछ भनी
 यस पाली त पक्कै आउछु
 बसे हुन्छ दिन गनी 

मखमलि फुले होलान 
स्वागतको गेट बनी 
बाबा आमा खुशी होलान 
कान्छो छोरा आउँलान भनी 

सेलरोटी पाक्यो होला 
खान्थे म छानी छानी
 मिठो मैले खाइ दिदा
 रोएकी थि सानी नानी 

याद मलाई सधैं आउने 
गाउको त्यो मिठो पानी 
जूनी मेरो बित्ने भयो
 गाउ शहर आउने जाने ।। 

No comments:

Post a Comment

Thank u.