मरुभुमीबाट मायालुलाई पत्र
प्राण प्यारी सानु
खै कहांबाट के भनि कसरी शुरु गरौ तिमिबाट छुटे देखि सुकेका यि ओठलाई खै कसरी खोलौ अनि मेरो यि उकुसमुकुस वेदनालाई खै कसरी तिमि सामु व्यक्त गरु तै पनि ति शब्दको खोजी गर्दै तिम्रै यादमा तडपिएका यि मेरो आंखाहरु र लोभी मनहरुले तिमिलाई नै कुरी रहेछ अनि तिम्रै गित गाइ रहेछ । यि वेदना र गितको छोटो अंश तिमिलाई पनि पठाउ कि भनेर आज यि सेता कागजको साथ लिदैछु । आशा छ मेरा भोका पत्र पाए पछि ति कोमल हृदय नयन र हातले सुम्सुम्याउदै प्रती उत्तर लेख्ने छिन कि भनेर ।
तिमि बाट छुटे देखि मेरो मनमा छाएको आलस्यता र मुटुमा उठेको भावनाका वेगले प्याट्ट बेलुन फुटे सरी फुट्न लागेको छ । तातो पानी र हावामा तैरिरहेको म तिम्रो न्यानो स्पर्श र तोते बोलीको साहाराले दिन विताईरहेको छु । सायद तिम्रो भगवान संगको प्राथनाले होला म यहाँ हासी खुसी बांचेको छु आशा छ मेरै यादमा तिमि पनि साचै त छौ होला नि होईन भाले बास्नु अघि नै डोको हंिसया बोकी जान्छौ होली घर आएर आमाको हातले पकाएको खाना मिठो मानेर खायौ होली बरु मलाई पो बिसर्ियौ कि कुन्नी मलाई हाम्रा अतितका कुरा र तिम्रो मिठो मुस्कानले हरपल सताइरहेको छ कतै मलाई मोहनी त हालेनौ तिमिले पक्कै पनि तिम्रो कर्के हेराई र फिस्स हसाई अनि न्यानो माँयाको मोहनी मैलै चाल नपाउने गरि राखिसकेछौ । तिम्रो बोली सुन्न मेरा यि कानहरु चिलाएका छन तर के गर्नु फोन गरु भने गाँउमा त्यस्तो अवस्था छ । त्यही भएर हुलाकी दाईको सहारा लिदै यो पत्र पठाउन लागेको छु ।
अव त धान रोप्ने बेला पनि भयो होला है पोहोर साल रोपाईमा मलाई हिलो डलेर निथ्रुक्कै बनाएको यादले सतारहेको छ अनि बेलुका तल्लो धारामा नुहाई दिएको कुरा सम्झीदै हास्ाीरहेको छु । मेरी सानु भनिन्छु शरिर टाढा भए पनि माँया नजिक हुनु पर्छ ।ू तिमि संग छुटेर बस्न मलाई मात्र कँहा रहर थियो र भावीले हाम्रो कर्म मै यस्तो लेखेर ल्याएको रहेछ । मैले बिदा माग्दा तिमिले आंशु झार्दै अंगालोमा वेर्दा मेरो आंखाबाट झन्दै आंशु झरेको थियो तर तिम्रो मन थाम्नैका लागि मैले बाध्य भएर त्यो आंशु सुत्तुक्क तिमिले नदेख्ने गरि पुछेको थिए । यहाँ विदेशी भुमीमा आफ्नो भन्ने को नै छ र तर तिम्रै यादले पनि मलाई साचो सावीत बनाई दिएको छ । अँ साँची हाम्रो बारेमा गाँउमा कस्तो हल्ला भो कुन्नी .
अनि कतै मेरो परिवारले गाली त गरेन तिमिलाई तर नानु यो कुरामा तिमिले कतिपनी पिर नगर्नु ल । तिमि मेरो भर र विश्वासमा बस्ने छौ भन्ने कुरामा म पूर्ण रुपमा विश्वस्त छु । तिमिले सायद मेरो वारेमा अनेक कुराहरु सोच्छौ होली तर म तिमिलाई कुनै हालतमा पनि छोड्ने वाला छैन भन्ने कुरा वुझ्नु ल । हुन त हामीले अलि बढि पढ्नु पर्ने रहेछ तर के गर्नु हाम्रो कर्मैमा नभए पछि भनेर मात्र पनि नहुदो रहेछ । पढ्न पाएको भए यति दुःख त गर्नु पर्ने थिएन कि है तिम्रो एउटा कुराले मेरो मन अझै पनि छतपत भईरहेको छ । तल्लो बारीमा घाँस काट्दै बिहे गरेर मात्र विदेश जाउ भनेर भनेकी थिई किन हो मैले अझै वुझ्न सकेको छैन । म आफु एक्लो जिउनै गाह्रो भईरहेका बखत बिहे गर्ने कुरा त डाँडा पारीको घाम मात्र थियो त्यो बेला ।
अवको १ वर्षमा त म पक्कै फर्कने छु अनि संगै बसेर सवै कुरा गरौला । मान्छौ भने बिहे गरेर उतै बसौला कसो तिमिलाई थाहै छ मेरो घरमा तिमिलाई कदापी स्विकार्ने छैन तर पनि यो वारेमा कुनै पिर नगर्नु विहे गरेर शहर तिरै जाउला नी हुन्न केहि दिन अघि मात्र तल्लो घरको हर्कमान दाई आउनु भएको थियो मैले तिम्रो वारेमा सोधेको थिए । तिमि त दुब्लाएका छौ रे किन हो मलाई झनै कस्तो कस्तो पो लाग्यो त । मेरो बारेमा त्यस्तो केहि नसोच्नु म तिम्रै लागि जन्मेको हुं त्यसैले तिमि संगै मर्न तयार छु । मेरो मनमा झर्ना सरीको भावना यंहा उल्था गरेर टुंगिने छैन । जति लेख्यो लेखि रहन मन लाग्छ । टोलाईरहन मन लाग्छ । मेरो बहिनी संग त तिमि बोल्छौ नि होईन त्यसैले मेरो घरको वारेमा पनि सोधेर लेख्नु अहिले लाई भने मेरो मन भरिको सम्झना र मायालु शब्दका पोकालाई यहि अन्त्य गर्छु । तिम्रो पत्रको बाटो हेर्दै बस्ने बाचा गर्दै सुखत दिनको कामना ल ।
उहि तिम्रो