कुलेखानी ईन्द्रसरोबर ताल

Sunday, August 22, 2010

घातमा 
तिमी मेरो साथमा
मस्त हुँदा बातमा
मुसुक्क हास्यौ नि
छुदा त्यो हातमा

खाजा राखी खान्थे
फर्सिको पातमा
झिकी दिन्थी तिमीले
पर्दा मेरो दातमा

निकै खुशी थियौ
तिमी त्यो रातमा
माफ पाउ प्यारी
अती भए मातमा

साथ दिन्छु भन्दै
पार्यौ आज लातमा
रोजेर अर्कै लाई
राख्यौ किन घातमा ?