कुलेखानी ईन्द्रसरोबर ताल

Thursday, September 23, 2010

मानवता हराएको सहर

Font size: Decrease font Enlarge font
image

सिमसिमे झरीमा रुझ्दै एक बालिका र उनकी आमा थापाथलीको बागमती पुलमाथि दहीझैँ बगेको बागमतीको कहालीलाग्दो दृश्य अनि जामैजामले थाकेका बटुवाहरूको भीड नियालिरहेका छन् । वर्षायाममा परेको त्यस झरीमा प्वाल टालिएको छाता समात्दै बालिका र कोही दयालु हातले दिएको एउटा स्याउ टोक्दै आमा बसिरहेकी छिन् । आमाले घरि आफैँ टोक्छिन् घरी छोरीलाई टोकाउँछ यसले मातृत्व र अभिभावकत्वको भूमिका स्पष्ट देखिन्छ । साराको जन्मथलोमा जाने-आउने त्यो दोबाटोमा उनीहरूको रमिता हेर्नेको घुइँचो छ, तर विडम्बना ! एक पैसा झार्ने 'महानता' कसैको छैन । देश हाँक्ने मन्त्रीदेखि ठुल्ठूला असहाय र अशक्तको नारा गुन्जाउने अनि मानव अधिकारको खोल ओढ्नेहरूको एकोहोरो हिँडाइलाई न ती आमाले देखेका छन् न त बच्चाले नै न त, ती टाईवाला बटुवाले नै ।
सबैको बेइज्जती र घृणाको पात्र बनेका ती आमा-छोरीले नेपाली जनता सबैको प्रतिनिधित्व गरिरहेको छ भन्दा अत्युक्ति नहोला किनभने अधिकांश जनताको हालत यस्तै छ । ती आमालाई सायद दैवले नै हेला गरेको हुनुपर्छ नत्र किन अन्धोपनको उपहार दिन्थ्यो र हे निस्ठुरी दैव ! हरेक दिनजसो अति जाममा पर्ने उक्त क्षेत्रमा उपस्थित चिल्ला कार, बाइक, अनि कालो सिसाको इज्जत ती आमा-छोरीले चाखेको एक टुक्रे स्याउ र फाटेको कपडा अनि टालिएको छाताले इंगित गरिरहेको थियो ।
यसरी थोत्रा कचौराको भरमा छाक टारिरहेका आमाछोरी अनि घन्टौँका जाममा खाँदिएर हिँड्नुपर्ने अवस्था केलाउँदा लाग्छ, के नेपाल भन्ने मुलुकमा सरकार त छ ? आफू अन्धो भए पनि पालैपालो आफ्नो सन्तानका लागि स्याउ टोकाउने आमाले आफ्नो अभिभावकत्व राम्ररी बुझेको हुनुपर्छ, अनि सन्तानप्रतिको स्नेह र माया पनि । तर, चमत्कार छ यहाँ सम्पत्ति कुम्ल्याउन र आफ्नो पाखुरा फुलेर तगडा बनेपछि आफ्नै मातापिताको सिँगान, र्‍याल र चाउरिएको छाला देख्दा हामी घुर्की लाउन पछि पर्दैनौँ ।
ती आमाछोरीको पनि मीठो-मसिनो खाने रहर होला, विलासिताको संसारमा भुल्ने रहर होला, अनि सरर्र कालो सिसावाला गाडीमा हुइँकिने रहर पनि त हुन सक्छ, तर उनीहरूका लागि यो अभिलाषा आकाशको फल मात्रै हो जुन न त र्झछ न झार्नै सकिन्छ । तर, ती सरर्र हुइँकिनेले यस्ता कहालीलाग्दा दृश्यलाई पन्छाउँदै हुइँकिएको देख्दा भने लाजमात्र होइन घृणा नै जागिसक्यो । आशै-आशमा निराशा बन्नुपर्ने नेपालीको प्रतिनिधि पात्र ती आमाको वेदनाप्रति कसैको पनि दयालु नजर परेनन् । स्वार्थी यस संस्ाारमा बरु उनको कचौरा नै कुल्चेर हिँड्छन्, तर कसैले उनीहरूको वास्ता गर्दैनन् ।
बागमतीजस्तो पुण्यमती खोलालाई समेत घुसघास गरी ढलमती बनाउने काठमाडौंवासी र संरक्षणका नाममा डलर पचाउनेहरूप्रति घृण गरौँ कि सम्मान ? अनि त्यो घृणा जनतालाई दिने कि सरकारका नाममा लुट मच्चाउनेलाई दिने ? सत्ताकै लागि मरिमेट्ने, चिल्ला गाडीमा सवार नेता तथा मन्त्री भनेपछि स-सम्मान उभिएर घन्टौँ जाममा बसी-बसी सम्मान दर्साउनुपर्ने तर उनीहरू सरर्र हिँड्न पाएपछि जाममा परेर जोसुकै मरोस् केही मतलव छैन । अदृश्य गतिमा हुइँकिने ती काला सिसावाल गाडीले यी आमालाई कसरी देख्लान् र खै ?
ती आमाको बाहिरबाट देखिने घाँटीमा लागेको मैलो र फाटेको वषर्ाैं पुरानो म्याक्सीले आधुनिकताका नाममा फस्टाएको स्कर्ट र शृंगारलाई व्यंग्य गरेको छ । अनि त्यो खाली कचौराले पाँचतारे होटलको मस्तीलाई व्यंग्य गरेको छ । अनि व्यंग्य गरेको छ, असहाय र अशक्तका नाममा चाङका चाङ रिपोर्ट बनाएर मोटो रकम कुम्ल्याउनेलाई । अनि एकजोर चप्पल लगाएका, गाउँले झोला भिरेकाले ती कचौरामा फालेका सिक्काले सँगै हिँडेका टाईवालाहरूलाई व्यंग्य गरेको छ । कथा, व्यथा र संघर्षको यात्रा नै जिन्दगी हो । सानालाई माया-दया देखाउनु र ठूलालाई सम्मान दर्साउनु मानवताको गुण भनेर सानैदेखि गुरुले सिकाएकै हुन् । तर, ठूलालाई चाकडीपनमा लिप्त भई सानालाई भुसुनाको व्यवहार देखाउनु क्रूर मानवताको परिचायक हो ।
शिलापत्रमा नाम लेखाउने भन्दै करोडौँ खर्चिने हातहरूले केही रुपैयाँ मात्र ती कचौरामा खसालिदिए कमसेकम छाक त टथ्र्याे नि तिनको । अनि आफूलाई मन नपर्ने झुत्रा नै सही, कपडा यस्ता आमालाई दिए एक रात त मज्जाले सुत्थे नि । भाषण र देखावटीमा अनेक सपना बुन्दै सानालाई ऐन ठूलालाई चैनको भावना बोकेकाहरूप्रति के भनौँ र खोइ ?
रामजी बलामी, मकवानपुर
rbalami2008@gmail.com

Sunday, September 19, 2010




रामजी बलामी


आखिर
यादले मात्र के भो र
आखिर मायानै छैन भने
आशले मात्र के भो र
आखिर मननै छैन भने
बाचाले मात्र के भो र
आखिर बन्धननै छैन भने
रुवाई मात्र के भो र
आखिर अर्थै छैन भने
माँया मात्रै के भो र
आखिर छोड्नै थियो भने
यादले मात्र के भो र
आखिर माँयानै छैन भने ॥


माँया

हजारौ फुलका बिचमा
गुलाब कै ठुलो शान
बचन निकै छाड्यौ
अझै लाग्छ तिम्रै मान

सोझो भन्दै तिमिले
तान्न थाल्यौ कान
सहेकै छु अझै पनि
सक्छौ अझै तान


अनेक पटक मैलेुनी
गाउदै हिडै तिम्रै गान
हुन्छ मात्र भन्नु तिमिले
दिन्छु अब जिवन दान



असहाय आमा
सडकका ति पेटीमा
एक आमा
चिलाउदै जिउ भरी
घरी यता घरी उता
टुलुटुलु वगेका ति आशु
अनि सुकीला टाइमा
सररर गुडेका टाइहरु
आमाले देख्न सकेका छैन
म्ाात्र उहांको नजर
दशैा वर्ष जेलेका ति
झुत्रा मैला पोका अिन
पोसाकमा उम्रेका जुम्रामा
आफ्नै धुनमा रमेका
असहायको भाषण लाएका
र डलर पचाएकाहरु
यि आमाले चिन्दैनन्
न त तिनीहरु नै
यि आमालाई चिन्छन्
जादा आउदा नजिकैको
ति कालो कचौरामा कसैको
आंखा लाग्दैनआमा
छामछुम छाम्दै सिका खोज्छन
तर रिता ति भाडा देखि
त्यो मन कति रुदो हो <

Wednesday, September 15, 2010

 
रामजी बलामी 
                                           सहमती + सहमती = असहमती
  २ कक्षा देखि पढ्दै आइरहेको जोड घटाउगुणन र भागको सिद्धान्तले अब भने फेल खाएको अनुभुती भइरहेको छ । हामीले जाने अनुसार जोड र जोड गुणन गर्दा बरावर जोड नै हुनुपर्छ भने घटाउ र घटाउ गुणन गर्दा परिणाम जोड नै हुनुपर्छ । अहिलेको राजनीतिक परिवेशमा भने यो नियम ठिक विपरित रुपमा लागु भइरहेको छ । यहां सहमती भनेको जोड हो भने असहमती भनेको घटाउको चिन्ह हो । माथि कै परिणाम अनुसार हेर्ने हो भने पनि सहमती र सहमती वरावर परिणाम सहमती नै आउनु पर्छ । यदि आएन भने त्यो हिसाबलाई कुनै पनि मास्टरले नम्वर दिन मिल्दैन तर राजनीतिमा यस्तो नियम कहां लागु हुंदो रहेछ र त्यसो त अहिलेको परिवेश नियाल्दा जानाजान नमिलेको हिसावलाई पनि इरेजर लगाउदै आफै सच्याउने धुनमा छन नेपाली नेताहरु ।

सहमतीय सरकार निर्माणको लागि भन्दै प्रधानमन्त्री माधव कुमार नेपालले राजीनामा दिएको एक महिना सम्म पनि सहमतीको नाउमा सिन्को समेत भाँच्न सकेन् । राष्ट््रपतीले दिएको दुइ पटक सहमती र दुई पटक बहुमतीको समय सिमाले पनि नपुग भएर पुनः तेश्रो पटक म्याद तोकेको छ । भाकल राखेको बोकालाई समयमै बली चढाइन्छ भन्ने कुरा नेपाली दलहरुले नबुझेका त होइनन्  दलगत र व्यक्तीगत स्वार्थमा अडिग रहेर नेपाली जनताको नाममा भाषण गर्दै आफ्नो आवश्यकता पूर्ती गर्नु के तपाईहरुको अधिकार भित्र पर्छ  यसरी  तोकिएको समय भित्र किन निर्णय गर्न चुके यि नेताहरु  माधव नेपाल नेतृत्वको सरकार ठिक थिएन भने किन पहिले नै अस्विकार गर्न सकेनन्  म्याद नाघेको औषधी ख्वाएर विरामी कहिल्यै निको हुन्छ  जुन सुकै कुरामा पनि घटना हुनु भन्दा अघि नै सचेत हुनु आवश्यक छ तर घटना घटिसकेपछि पछुटाउनु व्यर्थ छ । 

राजीनामा दिएको यत्रो समय सम्म अनेक बहाना बनाइ नेपाली जनताको आंखामा छारो हाल्दै समय गुजार्नु भनेको तपाईहरुको म्याद र इज्ज्ात माथि आशंका जन्माउने आधार मात्र हो । एक पटकको असफलता पछि पनि किन फेरी पासो थाप्नु पर् यो  अहिले त ताला र चावी आफ्नै हातमा लिएर ढोकामा कुरुवा बसेका छन् । आफु पनि नसक्ने अरुलाई पनि नदिने चाला के जनावरको जस्तो भएन र  आफ्नो मान मर्यादाअधिकार कर्तव्य केहि पनि नवुझेकाहरु अब एक पटक व्युझिने वेला भएको छ । माधव नेपालको सरकार विघटन गर्न सघाएको निहुमा झलनाथको उमेदवार फिर्ता लिएको कुरामा शंका छैन । त्यसैको बदला स्वरुप रामचन्द्र पौडेललाई समर्थन गर्न झलनाथले अस्विकार गरेको कुरामा पनि दुईमत पक्कै छैन । यता बावुराम र प्रचन्द विचको टकरावका कारण स्पष्ट रुपमा सहमती जनाउन नसक्दा अनेक पासोका विच प्रचन्दले उमेदवार दर्ता गरियो ।  खनाल र प्रचन्द कानेखुसी गर्दै गरेको तस्विर देख्ोर लागेको जिज्ञासा समर्थन पछि टुंगियो । तर पनि मधेसी दलको तटस्थताका कारण चौथो पटकको प्रयास पनि विफल नै भयो ।

अहिले नेकपा एमाले भित्रको चर्काे विवाद र मधेसी दलको हलो अड्काउने खेल  तथा कांग्रेस र माओवादी विचको टकरावका कारण राजनीतिक समिकरण मिल्न नसकेको हो । जति पटक सहमतीको बचन वोले पनि सहमती र सहमती भन्दै विमत्ती तर्फ नेपाली राजनीतिक कि्रयाशिल छ । पार्तीगत निर्णयलाई पछार्दै पदकै लागि पार्ती फुटाउने मधेसीदलहरु यति खेर मोर्चाको नाममा एकजुट मात्र भएका छैनन स्वायत्त प्रदेश लगायतको माग समेत तेसा्रइरहेका छन् । मौकाको फाइदा उठाउन लागेका मधेसीदलहरुको माग भने जायज छैन । देशलाई टुक्रा टुक्रा पारेर राष्ट्रि्य अखण्ड्ता माथि हष्तक्षेप गर्दै आफ्नो माग राख्नु नेपाली जनता माथीको दमन हो ।
 
   निर्धारित मिति अनुसार प्रधानमन्त्रीका लागि आज पुनः निर्वाचन हुदैछ । सवै दलहरु आ आफ्नै अदानमा रहेको यस परिस्थितिमा अब पनि निकास आउला भन्न सकिन्न । नेपाली कांग्रेसले जित हात पार्न एमाले र मोर्चाको समर्थन अनिवार्य छ भने माओवादीले जित्न मोर्चाको समर्थन अनिवार्य छ । आफ्नो नेतृत्वमा सरकार बनाउने भन्दै मोर्चाको अनुपयुक्त सर्त पनि स्विकार्न तल्लिन भयो भने त्यो भन्दा वज्रपात अरु हुनै सक्दैनन् । सत्ताको स्वाद चाख्न पल्केका अनुभवी र स्वादको पर्खाइमा रहेका महशुसवादी विच अहिले ठुलो खाडल देखिन्छ । जसको परिणाम स्वरुप यस्तो अवस्था आएको हो । यस्तै अवस्था रहिरहने हो र दलहरुविच स्वार्थताको भावना अडिग रहने हो भने कुनै पनि हालतमा नयाँ नेतृत्व चयन हुन सक्दैन्ा । नेपालको प्रगती त परै जाओस झन दुर्गती तर्फ जानेछ । 
             नियमित सम्पर्क गरेर मात्र गर्भ रहदैनयि कारणले गर्भ नहुन सक्छ

  कतिपय क्षेत्रमा अझै पनि विवाह भएको केहि समय पछि बच्चा हुनै पर्ने र नभएमा विभिन्न आक्षेपहरु लगाएर विशेष गरि महिला माथि ंिहसा निम्त्याउने गरिन्छ । लामो समय सम्म सनतान नभएको खण्डमा अलक्षणी तथा नंपुषक जस्ता आरोप त्यो दम्पतीलाई लगाइन्छ । अझ कतिपय त थुकेर सिमेत हिडेको द्खिन्छ । यो पिडा जस्ाले भोगेको छ गसलाई मात्र थाहा हुन्छ अरुलाई चासो नहुन पनि सक्छ तर यो वास्तविक सामाजिक विकृती हो । जसको नियन्त्रणका लागि हामि सवै एकजूट हुनुकेा विकल्प छैन .

सम्पर्क हुदाखेरी भएको वीर्य स्खलनमा शुक्राणुको मात्रा ५० प्रतिशत हुनु पर्छ भन्ने सम्वन्धित चिकित्सकहरु वताउछन । कतियपको बढि तथा कोहीको कम भए ता पनि यो हाराहारीमा शुक्राणु नभएको अवस्थामा गर्भ नरहन सक्ने उनिहरुको भनाइ छ । अण्डकोषमा उत्पादन भएका शुक्रकितहरु स्खलन सम्म आउन अण्डबाहिनी नलीमा केही अवरोध भएमा पनि अप्थेरो आउन सक्छ ।सामान्य त विर्यलाई नै शुक्रकितको रुपमा हेरिने गरकेा छ ।तर ष्यो वास्तविकता नभएर भ्रण मात्र हो । यहि भ्रमकै कारण विर्य स्खलन हुनुलाई नै शुक्रकित भनेर जिद्दि गर्ने गरेको पाइन्छ । यसैले स्खलनको क्रममा विर्य संगै शुक्रकित पनि मिसिएर आएको खण्डमा मात्र गर्भ रहन सक्छ अन्यथा गर्भ रहर्दैन । शुक्राणु हुँदाहुँदै गर्भधारण हुन सक्छ भन्ने छैन यसको क्षमता र गतिशीलताको पनि उत्तिकै प्रभाव परेको हुन्छ । यसमा शुक्राणु उत्पादन हुँदा कसरी प्रभाव परिरहेको हुन्छ भन्ने विषयमा डाक्टरहरुको भनाइ छ । अण्डकोषमा शुक्राणु उत्पादन हुने क्रमलाई प्रभाव पार्ने केही कारक तत्वहरु छन् । सर्वप्रथम अण्डकोषमा विकिरणको प्रभाव पर् यो भने शुक्राणु उत्पादनमा र् हास आउन सक्छ । जस्तो अनावशयक रुपमा धेरै एक्सरे गर्नु क्यान्सरका लागि प्रयोग गरिने केमोथेरापी तथा किटनाशक औषधिको अत्यधिक प्रयोगबाट पनि अण्डकोषमा हुने शुक्राणु उत्पादनमा प्रभाव पर्न सक्छ । त्यस्तै नशालु औषधिको सेवन मद्यपान तथा धुम्रपानले पनि शुक्राणुको उत्पादनमा असर पार्दछ । त्यसैले यि कुराहरुमा निकै ध्यान दिनु आवश्यक छ ।
 
औैषधी तथा नशालु पदार्थ तथा धुम्रपान मद्यपानको सेवनबाट पार्ने असरहरु लामो तथा जतिल प्रकारको हुने हुनाले यस तर्फ पनि सजक हुनु जरुरी छ । यसबाट बच्नका लागि सबै चेतनशील वर्गले समयमै सोच्नु पर्दछ । जो मानिसले यस्ता व्यवहारिक कुराहरु बुझेका छैनन् भने बुझेका मानिसले नबुझेका मानिसलाई परामर्श दिनु पनि कर्तव्य हो । हेरोइन मरफिन जस्ता नशालु औषधिको प्रयोगले पुरुष हारमोन टेस्टोस्टेरोनको स्तरलाई घटाउँछ । टेस्टोस्टोरोनको स्तर घट्नुको अर्थ भनेको प्रत्यक्ष मात्रामा शुक्राणु उत्पादन घट्नु हो । मादक पदार्थ सेवनको लत बसिसकेपछि पनि यो समस्या उत्पन्न हुन सक्छ । यसको ठीक विपरीत धुम्रपान गर्नेहरुमा भने वीर्यमा शुक्राणु धेरै कठिनपूर्वक मात्र तैरन सक्छ नत्र त्यतिकै बस्दछ । यस कारणले गर्दा शुक्राणुको गतिशीलतामा भारी कमी आउँछ । यस्तो अवस्थामा धेरै कम शुक्राणु मात्र उर्वरक हुन्छन् । त्यसैले भनिन्छ धेरै ज्वरो आएको अवस्थामा सन्तान जन्माउने उद्देश्यले यौन सम्पर्क गर्नु हुँदैन । शुक्राणुको संख्या घटाउने क्रममा मानसिक तनाव र असुरक्षाका भावनाले पनि निकै असर पुर् याइरहेको हुन्छ । 
परिवार नियोजन गरेको पुरुषहरुलाई गरिने स्थायी उपाय भ्यासेक्टोमी गर्दा पनि शुक्रकितलाई प्रभाव पार्न सक्दछ । अण्डकोषको दुवै ठाउँबाट दुई वटा शुक्रकिट नलीहरु वीर्य ग्रन्थीसम्म पुगेका हुन्छन् । यी शुक्रकिट नलीको मुख्य काम शुक्राणुहरुलाई यसको बाटो हुँदै वीर्य ग्रन्थीसम्म पुर् याउनु हो । भ्यासेक्टोमी गर्दा यही शुक्रकिट नलीको बाटो भएर शुक्राणु जाने-आउने क्रमलाई बन्द गरिन्छ । शुक्रकिट नलीलाई बीचमा यसरी बन्द गरेपछि वीर्य ग्रन्थीमा शुक्राणु पुग्ने कार्य बन्द हुन्छ । यसैले यो समयमा सम्भोग गर्दा तरल पदार्थ जस्तो पदार्थ विर्य मात्र जान्छ तर त्यहा शुक्रकित भने हुदैन ।

त्यसैले विवाह गर्ना साथ बच्चा भएन भनेर नारिलाई मात्र दोष दिनु भन्दा दुवैको कमजोरीहरु नियाल्नु आवश्यक छ । तत्नमन्त्र र झाकीको भर परेर बस्दा उपचारमा ढिला हुंदा उपचार असंभव हुन सक्छ जसको कारणले गर्दा चांदै नै यसतर्फ ध्यान दिनु पर्छ जसले समस्यालाई निराकरण तर्फ उन्मुख गराउछ .
                 महिला चरम विन्दुमा पुग्दा पुरुष सेलाए के गर्ने  
                       कामोत्तेजनाका केहि उपायहरु 

स्त्री र पुरुष सम्भोगको समयमा जव जनेन्द्रीयको स्पर्श एक आपसमा गर्न थाल्दछन् तव दुवैको मनमा कामवासना उच्च रुपले जाग्रीत हुन्छ । यस्तो अवस्थामा स्त्री तथा पुरुषले आफ्नो कार्यमा अर्काको सहभागितालाई सजिलो पार्दछन् । यहि कारणले हो कि जुन स्त्री यो हेर्छिन कि उसको प्रेमी उसको गुप्तांगको स्पर्श गरिरहेको छ वा आफ्नो योनीमा उसको िलंग कति प्रवेश गरेको छ कतै भित्र पसाउन कहीँ बाँकी छ वा छैन  । अझ आनन्द आउने कुनै उपाय भएमा आफूले के गर्नु पर्ने हो आफ्ना खुट्टामाथि उचाल्नु पर्ने वा आफ्ना खुट्टालाई चमक्क पारेर सम्भोग सुखमा वृद्धि गर्नुपर्ने वा आफ्ना स्तनलाई पुरुषको लागि ठिक्क पारी दिनु वा अरु कुनै केही उपाय आदिमा उनको ख्याल भइरहन्छ । तर यौनको मामलामा अनवित्रहरुका लागि भने खुर्पाको िवंड भने जस्तै पनि हुन सक्छ ।

स्त्री मात्र होइन  पुरुषले पनि आफ्नो सम्भोग कि्रयामा सुखको अनुभूतिलाई बढाउनको लागि आफूले आफ्नो िलंग प्रवेश गराइको गति हेर्ने आफ्नो हातले योनीमा छामी ठिक ठाउँमा गए नगएको विचार गर्ने तथा कहिले काहीं योनीलाई थप खुल्ला बनाउन आफ्नो हातले दुवैतिरका गाला तान्ने वा योनीमा भएका रौंलाई तर्काए जस्तो गर्ने स्त्रीको शरीरभरी चुम्बन गरिरहने उनका बदनलाई चलाउनॆ उनको जिब्रोमा आफ्नो जिब्रो मिलाएर लामो समयसम्म थुक निलि दिने वा त्यस्तै सुखको अनुभूति दुवै खालका सबै कार्य गर्ने गरेको पाइन्छ त्यो नै सम्भोग सुखको लक्षण हो ।

त्यसैगरी सम्भोगमा उत्साह र आवेगको अनुभूति पनि महत्वपूर्ण अंश हो । सम्भोगको विशेष आवेग तथा उत्साहको अवस्थामा योनी तथा िलंगमा आपसमा स्पर्श गर्ने स्त्रीले िलंगको तानिने छालालाई तलसम्म तान्ने आफ्नो कलिका आँखा तथा बदनका मुनामा त्यो िलंगको अग्रभागले सुमसुमाउने वा त्यस्तै कोमल र तातो अनुभूति दिलाउन आफ्नो जिब्रोले अलिअलि छुने जस्ता कार्य मात्र होइन सम्भोग गर्दा िलंग तथा योनीलाई सुमसुमाउने वा त्यसमा िलंगसँग साप्रो मिलाएर आफ्नो हातका औंलालाई योनीमा छिराउनाले सम्भोगमा थप उत्साह थपिन्छ ।
पुरुषमा यौन उत्तेजना चांडै उत्पन्न हुन्छ र चाडै नै सेलाउछ अर्थात विर्यको स्थलन पश्चात नै थकित अवस्थामा पुग्छन तर स्त्रीलाई उत्तेजनाका लागि लामो समय ल्याउने र ढिला सेलाउने हुनाले कतिपय स्त्रीहरु यौन् अनानदबाट समेत विचलित रहेको हुन्छ । त्यसैेँ पुरुष सम्भोग गर्दा गर्दै थकित भएर गएको बेलामा स्त्रीले आफ्नो सम्भोग साथीलाई विविध तरीकाले फेरी जागृत गराउने गर्नु उपयुक्त हुन्छ । स्त्रीलाई सम्भोगको इच्छा पुनः जाग्रत भएमा वा त्यहि अवस्थामा पुरुषको िलंग शिथिल रहेको अवस्थामा स्त्रीले पुरुषलाई पुनः सकि्रय बनाउनको लागि उसको िलंगलाई आफ्नो मुठ्ठीमा चपक्क समातेर तलदेखि माथीसम्म सुमसुमाएको खण्डमा पुरुषको िलंगले पुनः आफ्नो जाग्रत रुप देखाउन सक्दछ । शिथिल िलंगबाट योनीमा प्रवेश हुने काम असम्भव भएकोले जसरी हुन्छ स्त्रीले आफ्नो आवेगलाई शान्त गर्न यसलाई जगाउनै पर्छ त्यो माया ममता पूर्ण स्पर्श वा व्यवहारले मात्र सम्भव छ रिसले हो भने अवबाद जस्तै रहन्छ ।

  त्यस्त्ौ मुत्रमार्गका ग्रन्थीहरु पनि यौन अंगहरुको मिलनमा सहायता गर्न थाल्दछन् भन्ने नै हो भने सम्भोगको बेलामा मस्तिष्कदेखि लिएर सबै शरीरका अंगहरुको समान सहभागिता रहन्छ तर मुख्य काम मात्र िलंगले गरेको हुन्छ । सम्भोगको आनन्द प्राप्त गर्न त्यति सजिलो छैन । जस्तो यस्तो अवस्थामा यो आनन्द शरीरले प्राप्त गर्न सक्दैन । शरीरका विभिन्न अंगका आफ्नै काम र आफ्नै स्वभाव भएता पनि सम्भोग कि्रयाकलापमा भाग लिन पाएमा सबै यसैको परिणामबाट प्राप्त हुने आनन्दमा केन्द्रित रहन्छन् ।

कामोत्तेजनाको समयमा यी ग्रन्थीहरुबाट एउटा पातलो बिना रंगको अति नै पातलो चिप्लो स्राव उत्पन्न भएर मुत्रमार्गबाट निस्केर िलंगको टुप्पोलाई चिप्लो गर्छ । जसले िलंग सजिलै योनीमा प्रविष्ट हुन मद्दत गर्दछ  । यसको साथै यो स्रावले मुत्रमार्गलाई पनि चिप्लो पारी दिन्छ जसले वीर्य सजिलै बाहिर जान सकोस् । यो स्रावले गर्दा िलंगको कोमल तन्त्रिकाहरु बढी संवेदनशील हुन जान्छन् । जसले सम्भोगको आनन्द पनि बढेर जान्छ । यो स्राव सम्भोग सम्बन्धी विचार मनमा आए पनि निस्कन सक्छ यो प्राकृतिक स्राव हो त्यसैले यसलाई वीर्य भनिदैन ।
रामजी बलामी  

                      फेसबुकले जमेको जोडी

माँयामा स्वार्थ हुनुहुदैनू त्यो दिन मैले फेसबुकको वालमा लेखेको वाक्य हो यो जसले मेरो जिवन साथी संग भेट गर्न सहयोग गर् यो । यो वाक्य लेखेकै भोली पल्ट साइन इन गर्ने वित्तिकै नौलो साथीको कमेन्ट र रिक्वेस्ट पाए । जुली नाम गरेकी उनको प्रोफाइल भिजिट गरे पछि मैले पनि एसेप्ट गरे । भर्खर प्लस टु पढदै गरेकी उनको र मेरो बसाइ निकै टाढा थियो । भनिन्छ ुभौतीक शरिर टाढा भए पनि भावनात्मक नाता नजिक हुन्छू । ठिक यस्तै अनौठो संगम जुर् यो मेरो जिवनमा । त्यो दिन मेरो वाक्यमा उनको कमेन्ट यस्तो थियो ु सच्चा मायाका लागि दुवैको सहमती चाहिन्छू । कुनै विज्ञको जस्तो लाग्ने यो भनाईले मेरो मनको भावना वुझे जस्तो लाग्यो । म पनि फेसवुकको नौलो सिकारु भएको नाताले त्यती चलाउन सकेको थिएन अर्काेतिर उनी पनि भर्खर नेटको दुनियामा प्रवेश गरेकी रहिछ । त्यो दिन अनेक खुल्दुलीका साथ दिन वित्यो ।

भ्ोली पल्ट मलाई निकै उत्सुक लागेको थियो कि को साथीले के कमेन्ट गरे होलान भनेर । अफिस पुग्ना साथ फेसवुक खोलेर हेरेत्यो दिन पनि माया पि्रतीकै वाक्य लेखेको थिए जसमा उनको कमेन्ट पनि म संगै सहमती जनाउने खालको थियो । त्यो दिन मैले उनको म्यासेज पनि पाए । म्यासेजमा यस्तो लेखिएको थियो ुतपाईको स्टाटसले मेरो मनको कुरा बोले जस्तो लाग्यो त्यसैले धन्यवाद तपाईलाई ू । उनको धन्यवाद पाए पछि मेरो मनमा पनि अनेक कुरा खेल्न थाल्यो तर पनि त्यो दिन मैले पनि धन्यवाद सिवाय केहि फर्काउन सकिन । कतारको मरुभुमीमा पसिना चुहाएर बसेको मैले आफ्नै देशमा हुर्केकी चेलीको धन्यवादले मेरो शिर उठेआंखा अझ चम्किला भए दिमागमा खुल्ला बहस चल्न थाले । संयोग नै मान्नु पर्छ त्यो दिन उनी अनलाइनमा आइन र आफै बोलिन ुहाइ दादा नमस्तेू मैले पनि फर्काइहाले नमस्ते । यो हाम्रो पहिलो भेट थियो त्यसैले रमाइलो गफका साथ त्यो चर्किएको घामको महशुस नै नगरिकन दिन विते जस्तो भयो ।

आजकल फेसवुकबाट ठगिने र ठग्ने क्रम बढ्दै गइरहेको छ । त्यसैले शुरुमा मैले पनि उनलाई विश्वास गर्न सकिन् तर प्रविधीले गर्दा फोन र च्याटमा हाम्रो दिनंहु जसो कुरा भए पछि हाम्रो मायामा विस्तारै इटाँ थप्दै गयो । माँया कहिले कसरी बस्यो पत्तै भएन् । एउटा कन्सलट्यान्टमा एकाउन्टको जागिर खाएकी उनि र खाँडीको कम्पनीमा जागिरे म बिचको काम भने समान थियो । सायद यसैले पनि होला हाम्रो मिलनले विछोदको श्वास समेत फेर्न पाएन । दिनहरु वित्दै गएम उनको प्रतिक्षामा उनी मेरा प्रतिक्षामा बस्र्दैै । आजभोली भन्दाभन्दै एक वर्ष त नाघिसकेछ । तर मैले आफ्नो मन भित्रको भावना अझै उनि सामू भन्न सकेको थिएन । माया फस्टाउदै गए पनि हामी दुवैले एक अर्कामा माया गर्छु भन्न भने सकेको थिएन ।

एक दिन कुरा गर्दै जाने क्रममा उनले नै सोधिन् ुदादा तपाई कहिले घर आउनु हुन्छ ू मैले पटक पटक साथी भन्नु दादा नभन्नु भन्दा पनि अझै पनि उनले यहि शब्द भनि रहन्थिन् । मेरो घर आउन जम्मा दूइ वर्ष बाकि थियो त्यसैले उसलाई यहि कुरा भने । एक दिन उनको अनुपस्थितमा मलाई भोक प्यास पनि लाग्दैनथ्यो सायद उनीलाई पनि निन्द्रै लाग्दैनथ्यो होला त राती पनि मिसकल दिएर सम्झिन्थी । उनि मलाई घर कहिले आउने भनेर बारम्वार सोध्ने गर्थिन तर किन भन्दा मुसुक्क हासेर चुपचाप बस्थी ।

त्यो दिन हामी भिडियो भ्वाइस च्याटमा थियौ । सदा अरु दिन भन्दा त्यो दिन उनको बोलीमा भिन्नता आइरहेको थियो । दिनभरीको प्रयास पछि पनि बोल्न असफल भए पछि छुट्टिन लाग्दा अप्ठेरो मान्दै सोधिन् ुएउटा कुरा सोंधुू मैले नाइ भन्ने कुरै थिएन किनकी अब त मेरो लागि उनी जतीको राम्रो मान्छे कल्पना पनि गर्न सकेको थिएन त्यसैले हुन्छ भनिहाले । त्यस पछि अप्ठरो मान्दै बाध्यता भएर कुराको डोरो फुकाइनु दादा नरिसाउनु ल ू लगतै मैले भने ुभन्नु न किन रिसाउनु त मू त्यस पछि पनि गाह्रो मान्दै भनिनुदादा मेरो घरमा बिहेको कुरा चलेको धेरै भइ सक्यो घरमा कहर गर्दै छ भोली केटा आउदैछ रे म के गरु  ू उनको यो वाक्यले म आकाशबाट खसेको जिउदा लाश जस्तो भए । वास्तवमा मैले उनीसामु मेरो मायाको कुरा नफुकाउनु नै ठुलो भुल थियोउनलाई आशा थियो कुरा म बाटै आओस तर अपवाद म माया गर्छु भन्न सकिरहेको थिएन अन्तत वाध्य भएर उनि आफैले भनिन् ।

घरको वृतान्त सुन्दा मेरो मन उकुसमुकुस भएहातले माउस समाउन पनि सकेनकुरा लडबडियोअनि मनमा कता कता ठुलै भुँइचालो भए जस्तो लाग्यो । उनी सामु भएको भयो आशु पुछ्ने थिए अनि सम्झाउने थिए तर के गर्नु दुई छाक तार्नैका लागि हजारौ कोश टाढा मरुभुमीमा रुमलिरहेको मैले नरुनु भन्नु सिवाय केही गर्न सकेको थिएन । मात्र उनको र मेरो भेट प्रविधीले जुराएको थियो । मलाई पनि उनि सामु वास्तविक माँया भन्नु थियो त्यसैले यहि मौकामा बोली हाँलेुए मेरी सानु तिमी पिर नगरमैले तिमिलाई धेरै माँया गर्छु तर भन्न सकिन त्यसको लागि माफी चाहन्छु तिमिलाई घरमा त्यती अप्ठेरो भएको भए म अहिल्यै घर आएर बिहे गर्न तयार छु हुन्छ ू मेरो यो वाक्यले उनलाई निकै खुसी ल्याएछ क्यारे उनि पनि झस्किएर वोलिन् ुके उसो भए हाम्रो कुरा मेरो घरमा गरौ तू  उनको यस्तो आँट देखेर म अझ आश्चर्यमा पर्छु । उनि खानदानकी चेली म एक छाकको लागि मरुभुमीमा रुमलिने मान्छे कसरी उनको परिवारले मलाई स्विकार्लान र भन्ने सोच्दै मेरो कहानी वताए । उनले केही नाँइ नास्ती नगरी परिवारलाई भन्ने र उनको कुरामा परिवारले हस्तक्षेप नहुने कुरा वताए पछि मेरो मन यति खुसी रमाए कि म यहाँ उल्था गर्न समेत सक्दिन् । यसरी अरु बखत ख्यालठट्टामा वित्ने समय त्यो दिन मनको वेदना पोख्दै वित्यो ।

म्ौले पनि मेरो घरमा बिहेको वारेमा सवै कुरा वताए मेरो घरमा बिहेको कुनै रोक तोक थिएन । म छु बिदेशी भुमीमा जुली छे मेरो पर्खाइमा अनि मेरो परिवार र उनको परिवार मेरो उपस्थितको पर्खाईमा ।  तिन वर्षको लागि हिडेको म किवोर्डबाट जुरेको पि्रति साट्न घर आउने भए । यो कुराको खुलस्तता संगै जुलीको म प्रतीको ब्यवहारमा निकै फरक पाए । कहां मरुभुमीमा िजंउदो लाश सरी बाँचेका मान्छे म अनि कहां आफ्नै देशमा रमेका उनि हाम्रो मिलन मात्र अहिलेको प्रविधीले गरेको थियो ।

योजना अनुरुप म पनि नेपाली भूमीमा पाइला टेक्न आए एयरपोर्टको शितल हावा संगै मेरी जिवन संगीनीलाई फोन गरे उनि पनि मेरै पखाईमा एयरपोर्टको गेटमै कुरेर बसेकी रहिछ । दूइ वर्ष सम्मको गफ पछि प्रत्यक्ष भेट भएको यो क्षण म निकै खुसी थिएउनि मैले सोचे भन्दा निकै राम्री थिइ सायद पहिलो भेट भएर पो हो की  अझ मुसुक्क हासेर नरम हातले स्पर्श गर्दै दर्शन भनेको बोली सुन्दा त अझै पनि फुरुङ्ग हुन्छु म । त्यस पछि हामी त्यहाबाट एउटा होटलमा गएर मिठो बात संगै चिसो पियौ र आ आफ्नो घर तिर लाग्यौ । भर्खरै भेटेका मायालु देखि छुटिनु पर्दा कस्तो हुदो हो भन्नेा कुरा यो बेला राम्ररी अनुभव गर्न पाए । मुख न्याउरो पार्दै फोन गर्न इशारा गर्दै उनले पनि बिदाइका हात हल्लाईन् ।

त्यहाँबाट छुटे पछि म मेरो घरको अभिभावक संग भेटघाटमा लाँगे । केहि दिन पछि हाम्रो पूर्व योजना अनुरुप नै उनको घरमा गयौ साधारण कुर्तामा सजिएकी उनि म देखेर लजाए जस्तो गरिनमलाई लाग्थ्यो उनी म भन्दा पनि मेरो बुबा देखे लजाएको हुनुपर्छ किनभने हाम्रो त पहिले नै भेटघाट भै सकेको थियो । उनको परिवारको न्यानो स्वागत पछि बिबाहको मिती निश्चित गरि फर्कियौ । सोहि मिती अनुसार हामी वैवाहिक सम्बन्धमा गास्यौ । सयौ कोश टाढाको मायालाई पनि नजिक ल्याएर हाम्रो मिलन गराइ दिएकोमा इन्टरनेट संसारलाई साधुवाद ॥

समाप्त
मरुभुमीबाट मायालुलाई पत्र 
प्राण प्यारी सानु 
खै कहांबाट के भनि कसरी शुरु गरौ तिमिबाट छुटे देखि सुकेका यि ओठलाई खै कसरी खोलौ अनि मेरो यि उकुसमुकुस वेदनालाई खै कसरी तिमि सामु व्यक्त गरु तै पनि ति शब्दको खोजी गर्दै तिम्रै यादमा तडपिएका यि मेरो आंखाहरु र लोभी मनहरुले तिमिलाई नै कुरी रहेछ अनि तिम्रै गित गाइ रहेछ । यि वेदना र गितको छोटो अंश तिमिलाई पनि पठाउ कि भनेर आज यि सेता कागजको साथ लिदैछु । आशा छ मेरा भोका पत्र पाए पछि ति कोमल हृदय नयन र हातले सुम्सुम्याउदै प्रती उत्तर लेख्ने छिन कि भनेर ।  
तिमि बाट छुटे देखि मेरो मनमा छाएको आलस्यता र मुटुमा उठेको भावनाका वेगले प्याट्ट बेलुन फुटे सरी फुट्न लागेको छ । तातो पानी र हावामा तैरिरहेको म तिम्रो न्यानो स्पर्श र तोते बोलीको साहाराले दिन विताईरहेको छु । सायद तिम्रो भगवान संगको प्राथनाले होला म यहाँ हासी खुसी बांचेको छु आशा छ मेरै यादमा तिमि पनि साचै त छौ होला नि होईन भाले बास्नु अघि नै डोको हंिसया बोकी जान्छौ होली घर आएर आमाको हातले पकाएको खाना मिठो मानेर खायौ होली बरु मलाई पो बिसर्ियौ कि कुन्नी मलाई हाम्रा अतितका कुरा र तिम्रो मिठो मुस्कानले हरपल सताइरहेको छ कतै मलाई मोहनी त हालेनौ तिमिले पक्कै पनि तिम्रो कर्के हेराई र फिस्स हसाई अनि न्यानो माँयाको मोहनी मैलै चाल नपाउने गरि राखिसकेछौ । तिम्रो बोली सुन्न मेरा यि कानहरु चिलाएका छन तर के गर्नु फोन गरु भने गाँउमा त्यस्तो अवस्था छ । त्यही भएर हुलाकी दाईको सहारा लिदै यो पत्र पठाउन लागेको छु ।  
अव त धान रोप्ने बेला पनि भयो होला है पोहोर साल रोपाईमा मलाई हिलो डलेर निथ्रुक्कै बनाएको यादले सतारहेको छ अनि बेलुका तल्लो धारामा नुहाई दिएको कुरा सम्झीदै हास्ाीरहेको छु । मेरी सानु भनिन्छु शरिर टाढा भए पनि माँया नजिक हुनु पर्छ ।ू तिमि संग छुटेर बस्न मलाई मात्र कँहा रहर थियो र भावीले हाम्रो कर्म मै यस्तो लेखेर ल्याएको रहेछ । मैले बिदा माग्दा तिमिले आंशु झार्दै अंगालोमा वेर्दा मेरो आंखाबाट झन्दै आंशु झरेको थियो तर तिम्रो मन थाम्नैका लागि मैले बाध्य भएर त्यो आंशु सुत्तुक्क तिमिले नदेख्ने गरि पुछेको थिए । यहाँ विदेशी भुमीमा आफ्नो भन्ने को नै छ र तर तिम्रै यादले पनि मलाई साचो सावीत बनाई दिएको छ । अँ साँची हाम्रो बारेमा गाँउमा कस्तो हल्ला भो कुन्नी . 
अनि कतै मेरो परिवारले गाली त गरेन तिमिलाई तर नानु यो कुरामा तिमिले कतिपनी पिर नगर्नु ल । तिमि मेरो भर र विश्वासमा बस्ने छौ भन्ने कुरामा म पूर्ण रुपमा विश्वस्त छु । तिमिले सायद मेरो वारेमा अनेक कुराहरु सोच्छौ होली तर म तिमिलाई कुनै हालतमा पनि छोड्ने वाला छैन भन्ने कुरा वुझ्नु ल । हुन त हामीले अलि बढि पढ्नु पर्ने रहेछ तर के गर्नु हाम्रो कर्मैमा नभए पछि भनेर मात्र पनि नहुदो रहेछ । पढ्न पाएको भए यति दुःख त गर्नु पर्ने थिएन कि है तिम्रो एउटा कुराले मेरो मन अझै पनि छतपत भईरहेको छ । तल्लो बारीमा घाँस काट्दै बिहे गरेर मात्र विदेश जाउ भनेर भनेकी थिई किन हो मैले अझै वुझ्न सकेको छैन । म आफु एक्लो जिउनै गाह्रो भईरहेका बखत बिहे गर्ने कुरा त डाँडा पारीको घाम मात्र थियो त्यो बेला । 
अवको १ वर्षमा त म पक्कै फर्कने छु अनि संगै बसेर सवै कुरा गरौला । मान्छौ भने बिहे गरेर उतै बसौला कसो तिमिलाई थाहै छ मेरो घरमा तिमिलाई कदापी स्विकार्ने छैन तर पनि यो वारेमा कुनै पिर नगर्नु विहे गरेर शहर तिरै जाउला नी हुन्न केहि दिन अघि मात्र तल्लो घरको हर्कमान दाई आउनु भएको थियो मैले तिम्रो वारेमा सोधेको थिए । तिमि त दुब्लाएका छौ रे किन हो मलाई झनै कस्तो कस्तो पो लाग्यो त । मेरो बारेमा त्यस्तो केहि नसोच्नु म तिम्रै लागि जन्मेको हुं त्यसैले तिमि संगै मर्न तयार छु । मेरो मनमा झर्ना सरीको भावना यंहा उल्था गरेर टुंगिने छैन । जति लेख्यो लेखि रहन मन लाग्छ । टोलाईरहन मन लाग्छ । मेरो बहिनी संग त तिमि बोल्छौ नि होईन त्यसैले मेरो घरको वारेमा पनि सोधेर लेख्नु अहिले लाई भने मेरो मन भरिको सम्झना र मायालु शब्दका पोकालाई यहि अन्त्य गर्छु । तिम्रो पत्रको बाटो हेर्दै बस्ने बाचा गर्दै सुखत दिनको कामना ल । 
उहि तिम्रो

Thursday, September 9, 2010

गाईजात्रे राजनीतिमा कछुवाको गति


image


एउटा कछुवालाई बल्खु, कोटेश्वर वा सानेपा जहाँ राखे पनि सिंहदरबार पुग्ने वेला भइसक्यो, तर चिल्ला गाडीमा विनाजाम हुइँकिने नेताहरू भने अझै पुग्न नसकेको देख्दा अचम्म लाग्छ । कतै बाटामा कसैले अपहरण गर्न लागेका त होइन ? हुन पनि दुई-दुईजना दूतबाट अपहरणको प्रयास नभएका होइनन् । तर, हाम्रा नेताजन उक्त अपहरण प्रयासबाट मुक्त हुन सफल भए । तर के गर्नु, केही निकास निस्केको होइन क्यार !
प्रधानमन्त्री माधवकुमार नेपालले सहमतीय सरकारका लागि भनेर राजीनामा दिएको पनि दुई महिना नाघ्यो । राजीनामाको पाँच मिनेटमै सहमतीय सरकार बन्छ भनेर प्रचण्डले गरेको भाषणको जवाफ अहिलेको परिस्थितिले गहकिलो रूपमै देखाएको छ । आफ्नै दलभित्र सहमति बन्न नसकिरहेको अवस्थामा सबै दलहरू मिलेर सहमतीय सरकार बनाउँछु भन्नु आँखामा छारो हाल्ने बहानासिवाय केही पनि होइन भन्ने कुरा पनि वर्तमान परिस्थितिले राम्रै चित्रण गरिसकेको छ । दुईपटकको सहमतीय र सातपटकको बहुमतीय प्रयास पनि विफल भएपछि थप निर्धारित समयमै संविधान बन्ला भनेर सोच्नु अब मूर्खतामात्र हुने पक्का छ । नेकपा एमालेभित्र चर्किएको आन्तरिक समस्याका कारण एमाले तटस्थ बस्नुपरेको तथा मधेसी दलहरूले मौकामा हीरा फोर्ने दाउ खोजिरहेकाले नै मुलुक यतिखेर नेतृत्वविहीन बन्नुपरेको हो ।
नेपाली राजनीतिक दलहरूमा देखिएको व्यक्तिवादी तथा पार्टीगत स्वार्थकै कारण आज मुलुकमा राजनीतिक गाईजात्रा प्रस्तुत भइरहेको छ । मन्त्रिमण्डल गठन गर्नै महिनौँ समय लगाउने दलहरूले अझै प्रधानमन्त्रीसमेत नबनेको अवस्थामा खै कसरी जनताले विश्वास गरून् कि अब समयमै संविधान बन्छ भनेर ? दुई-तिहाई बहुमतको पासोमा परेका एमाले अध्यक्ष पुनः सहमतीय सरकारका पक्षमा तल्लीन भएको देख्दा प्रचण्डकै हालत हुने त होइन भन्न्ो शंका लाग्न थालिसकेको छ । अर्काे कुरा विगतको संविधान नै संशोधन गरी प्रधानमन्त्री चयन गर्ने कुरा उठेको छ, तर यसले पनि दिगो निकास ल्याउला भन्न्ा सकिन्न । जनआवाजले बाबुराम भट्टराईको जयजयकार गाए पनि अध्यक्ष प्रचण्डको प्रधानमन्त्री मोहका कारण त्यो सफल हुन सकेन र प्रचण्ड प्रधानमन्त्रीको दौडमा व्यस्त रहँदा बाबुराम भट्टराई भने क्रान्तिका पुस्तक पढ्न व्यस्त रहे ।
यसरी एक-अर्कामा दोषारोपण गर्दै सत्तास्वाद चाख्नैका लागि तल्लीन भएकाले नै आज मुलुकमा अशान्तिले आश्रय पाएको छ । आपसी विवादमा अल्झेको मधेसी मोर्चाभित्रको विवादका कारण माओवादीलाई समर्थन दिन नसकेको र एमाले आफ्नै नेतृत्वको सरकार बनाउन कस्सिएको तथा नेपाली कांग्रेसले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने अडानका कारण आज मुलुक सरकारविहीनताको अवस्था झेल्न बाध्य छ । कामचलाउ सरकारका भरमा दुई महिनादेखि देश चलिरहेको छ । विगतका राजनीतिक झमेलामा भारतले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने गथ्र्यो, तर यसपटक श्यामशरण र केभी राजनको उपस्थित भए तापनि केही सीप चलेन बरु अब पुनः राजसंस्थातिर भारतको ध्यान खिचिएको कुरामा दुईमत छैन । घरभित्रको आपसी वैमनस्यका कारण बाहिरी शत्रुले फाइदा उठाउँछ भन्ने कुरा बुझ्नु आवश्यक छ । नेपाली राजनीतिक दलहरूमा देखिएको असमझदारी र मतभेदकै कारण आज भारतले नेपालीमाथि अनेक प्रकारले शोषण र दमन गरिरहेको छ । तर, नेपाली जनताको हितका लागि भन्दै राजनीति गर्ने कम्युनिस्ट नेताहरूको ध्यान उनैको जीहजुरीबाहेक अन्त कतै गएको देखिँदैन ।
वर्तमान कामचलाउ सरकारको अक्षमता र तरल राजनीतिको मौका छोप्दै कालोबजारी र अवैध धन्दाहरू प्fmस्टाउने क्रम बढ्दै गइरहेको छ । दिनहुँ हत्या, हिंसा र मारकाटको अवस्था नै अस्थिर राजनीतिको उपज हो । यसरी जनताले चरम शोषण झेलेर बस्नुपर्दा पनि पटक-पटकको निर्वाचनपछि पनि सरकार गठन हुन नसकेपछि किन अर्काे निर्वाचनको प्रक्रिया थालनी भएन ? सविधान संशोधन प्रक्रियामा कांग्रेसले साथ नदिने तथा बारम्बार यही प्रक्रियाले प्रधानमन्त्री छान्ने कांग्रेसको नीतिका कारण जनताबाटै तिरस्कृत हुने सम्भावना निकै बढेको छ । यसैले अझै पनि आलटाल गरेर जनताका आँखामा छारो हाल्नुभन्दा कमसेकम कछुवाकै चालमा भए पनि राजनीतिक दलहरू लागून्, कामना यही छ ।
रामजी बलामी, दामन, मकवानपुर