कुलेखानी ईन्द्रसरोबर ताल

Wednesday, August 18, 2010

अर्कै छाने नि 


तिम्रो कर्के हेराइले
मख्खै पार्यौ नि
दुई दिनको रामछाया
माया मार्यौ नि ।

साथमा छु भन्दै
एक्लो पार्यौ नि
जित हुन्छु भन्दै
किन हार्यौ नि ?

आउछु म भन्दै
किन तार्यौ नि
बेदना को आशु
किन झार्यौ नि ?

भुल के भयो त
तिमी गयौ नि
म हुँदा हुँदै
अन्त किन नि ?

म्याद गुज्रे पछी
तिमी आयौ नि
त्यसैले त् मैले
अर्कै छाने नि ।

No comments:

Post a Comment

Thank u.