रामजी बलामी
भ्ाीरको फसर्ी र नयाँँ नेपाल eL/sf] km;L{ / gofF g]kfn
हामी सवैलाई थाहा छ भीरमा फलेको फसर्ी भन्ना साथ त्यसको आश नगरे हुन्छ । त्यसलाई न माथीबाट तानेर निकाल्न मिल्छ न त तलबाट नै । एउटा फसर्ीको लोभ गरेर भीरमा चढ्न थाल्यो भने आफ्नै ज्यान जोखिममा पर्ने निश्चत छ । त्यसैले त्यो फसर्ी जतिसुकै राम्रो र गतिलो होस हामी मायाँ मार्न तयार हुन्छौ । ठिक यसरी नै आज नयाँ नेपालको नारा घन्किरहेको परिप्रेक्ष्यमा नेपालको अवस्थालाई केलाउने हो भने त्यो फसर्ीको हालत भन्दा कमसल पक्कै छैन । राजनीतिक खिचातानी तथा दलगत र व्यक्तीगत स्वार्थमा अडेको नेपाली राजनीतिको छत्रछाँया यतिखेर चरम विन्दुमा पुगेको छ । सहमतीको नाममा बिमतीको राजनीतिले आश्रय पाईरहेको छ जसको कारण आज मुलुक अनिर्णयको भुमरीमा फस्न वाध्य भइरहेको छ ।
नेपाली कांग्रेस एकिकृत नेकपा माओवादी र नेकपा एमाले विच अहिले अण्डा पहिला कि चल्ला भनेझै सहमती पहिला कि उमेद्वारी फिर्ता भन्ने जुहारी चलिरहेको छ । माओवादीको क्यान्टोनमेन्ट खाली नहुंदा सम्म आफ्नो उमेद्वारी फिर्ता नहुने रामचन्द्र पौडेलको अडान र एमाले तथा माओवादीको जसरी पनि उमेद्वारी फिर्ता गराउने रणनीतिले गर्दा नै बाह्रौ पटक सम्मको निर्वाचनमा समेत प्रधानमन्त्री चुनिन नसकेको हो । यहि क्रम जारी रहने हो भने अझै कयौ पटक हार व्यहोर्नु पर्ने निश्चत छ । प्रधानमन्त्री माधव कुमार नेपालको राजीनामाका लागि िसंह दरवार देखि रिङरोड समेत घेरेर राजीनामाको एक घण्टामै सहमतीय सरकार बनाउछौ भन्ने माओवादीका नेताहरु यतिखेर तोलाएर बस्न विवस भएका छन । यस्तै राजीनामाकै लागि पार्टी भित्रै बाट बारम्वार ताकेता गरेका पार्टी अध्यक्ष झलनाथ खनालले दुई तिहाईको पासोमा परे पछि पुनः सिहमतीकैलागि प्रयास जारी राखेका छन् ।
दलहरु बिच देखिएको यो मतभेदले गर्दा वाह्रय शक्ती सल्बलाउने संभावना निकै देखिन्छ । कतै उद्घाटन त कतै सहयोगको नाममा छिमेकी मुलुकहरु नेपालप्रती बक्र नजर लगाइरहेका छन् । ुमुखमा राम र बगलीमा छुराू गर्दै एक पछि अर्काे गरेर सिमा स्तम्भ सार्दा समेत हाम्रा नेताहरुलाई सरोकार भएन । भाषणको बखत सिवाय अरु बखत उनिहरुमा राष्ट्प्रती कुनै पनि भावना देखिदैन । यदि राष्ट्हितको पक्षमा लाग्नेहरु भए देखि यत्रो समय सम्म कुसर्ीकैलागि संघर्ष जारी राख्ने पक्कै थिएन । जसरी पनि आफ्नै नेतृत्वको सरकार बन्नु पर्ने अन्यथा अर्काे पार्टीलाई कुनै पनि हालतमा समर्थन नजुटाउने यि दलहरुको चाला ले ुमाछो माछो भ्यागुटोू भनेझै भएको छ । जनताको आंखामा छारो हालेर भ्रम सृजना गर्ने अनि जनताको नाममा राजनीति गरेर आफु मात्र नागरिक पार्टी अरुचाही गैर नागरिक भन्दै हिड्ने नेताहरुको चालालाई जनताले के भन्लान
निर्धारित समय भित्र संविधान बन्न नसके पछि पुनः एक वर्षको म्याद थपिएको थियो तर अब पनि थपिएको समय भित्र संविधान नबन्ने निश्चित प्रायः छ । नेताहरुकै भाषणलाई आधार मान्ने हो भने हाल सम्म ७० प्रतिशत काम सकिएको र मुल मुद्दा मात्र बाकि रहेको छ तर संविधानलाई भन्दा पनि सत्ता र सरकारकै लागि लडाँई जारी राखेका यि दलहरुको विवादले संविधान ओझेलमा परेको तितो यथार्थ छ । ुसंविधान जसरी नि बन्छ नबने पुनः म्याद थपिन्छू एमाले उपाध्यक्ष वामदेव गौतमले यो वाक्य बोल्दा कलंकीमा हांसोको फोहोरा छुटेको थियो तर यो यथार्थ कुरा हो । सहमतीको मन्त्र जपेर बसेका यि दलहरु आफ्नै पक्षमा सहमती हुनुपर्छ भन्ने मानसिकतामा राखेका छन् । यसरी हेर्दा नेपाली नेताहरुले कतै सहमतीको ब्याकरण नै नबुझेका त होईनन भन्ने लाग्न थालि सकेका छन् ।
हरेक पटकको राजनीतिक उथलपुथलमा भारतको हात रहने कुरामा दुईमत छैन । हस्तक्षेप भयो भनेर हामीले आवाज उठाउदा आज भारत मौन त छ तर भित्रभित्रै कति चलखेल गरेका छन भन्ने कुरा हामीले सोच्न भ्याएका छैनौ । नेपाली नेताको चिन भ्रमण र चिनिया नेताको नेपाल भ्रमणलाई हेरि नसक्ने भारत यति खेर नेपालको राजनीतिलाई कता तिर लैजाने भन्ने जोडघटाउ गर्न ब्यस्त छ होला । यति मात्र होइन राकेश सुदको भ्रमणमा जुत्ता प्रहार हुंदा माओवादीप्रतीको दृष्तिकोण झनै आगोसरी बनेको छ । नेपालप्रतीको ज्यादती र अत्याचार व्यवहारलाई माओवादीले चालेको कदम सहि हो तर त्यो राष्ट्हितको लागि हो वा पार्टीहितको लागि भन्ने मूल कुरा रहेको छ ।
राजतन्त्रको अन्त्य र गणतन्त्रको उदय संगै नेपाली जनताले एक पटक शान्तीको श्वास फेर्ने धोको लिएका थिए तर गणतन्त्रको नाममा फस्ताएको मनपरितन्त्रले गर्दा अहिले झन अशान्ती र अस्तब्यस्तताले दैनिकी गुजार्न विवस हुनु परेको छ । पूर्व राजा ज्ञानेन्द्रको धार्मिक भ्रमण हिमानीको गैर सरकारी संस्थाप्रतीको मोह तथा सहयोगको चाहना र राजाको भ्रमणमा जनताको बाक्लो उपस्थित अनि जयजयकारले गर्दा आज नँया नेपाल चरम संकतमा परेको स्पष्ट बुझिन्छ । दशौ वर्ष युद्धमा फसेको बुद्धभूमी नेपालमा पुनः शान्तीको खाँचो छ । नेपाललाई मागी खाने भाँडोको रुपमा प्रयोग गरेर आ आफ्नै दुनो सोझ्याउने कसरतमा लागेका नेपाली दलहरु र ति दलका नेतृत्वकर्ताहरुको हदले गर्दा नै नँया नेपाललाई भीरको फसर्ी संग दाँज्न परिरहेको छ ।
एउटा मुलुकमा दूई थरीका सेना रहेकाले नै आज हरेक कुरामा यस्तो विवाद उत्पन्न भएको छ । माओवादीहरु भन्छन् प्याकेजमा सहमती गरौ विगतको सम्झौता अनुसार सेना समायोजन गरौ गणतन्त्र ल्याउन ज्यान बलिदान दिएर लडेका सेनालाई राष्ट्यि सेना नभनेर राजतन्त्रको पक्षमा लडेको सेनालाई कसरी राष्ट्यि सेना भन्ने तर कांग्रेसलॆ भने माओवादी क्यान्टोन्मेन्ट खाली गर्नु पर्ने कब्जा गरेका घर जग्गा फिर्ता हुनु पर्ने लगायतका माग राखेर आफ्नो अडान यथावतै राखेका छन् । यि दुई कुरालाई हेर्दा आफु मात्रै सक्षम र सबल ठान्ने मानसिकता रहेको देखिन्छ । यहि सेना समायोजनले गर्दा नै आज मुलुकमा यत्रो संघर्ष जारी रहेको छ । कटवाल प्रकरण देखि जति पनि उतारचढावहरु आए ति सवै सेना समायोजनमा देखिएको स्वार्थपनले गर्दा नै भएको हो भन्ने कुरामा दुई मत छैन ।
अब पनि सेना समायोजनको कुरालाई पछाडी धकेल्दै जाने हो भने कुनै दिन यसले ठुलो चुनौती ल्याउनेछ । समयमा संविधान बन्न नसके जस्तै नयाँ नेपालको नाम पनि लामो समय नटिक्न सक्छ । यसर्थ जसरी पनि सेना समायोजन गरेर अगाडी बढ्ने हो भने अन्य बाधा अवरोधहरु स्वतः हल हुने कुरामा शंका छैन तब मात्र भीरको फसर्ी र नँया नेपाल बिपरीत शब्द सावीत बन्छ .
२०६७। ७। ७ गते नेपाल समाचारपत्र प्रकाशित लेख ।