कुलेखानी ईन्द्रसरोबर ताल

Sunday, October 31, 2010

राम्रो म को महात्मय
  कपुरी क भकारी भ को त्यती गुणगान नगाए पनि राम्रो ँम’ को प्रयोग भने नेपालमा अधिकतम रुपमा नै भइरहेको छ । खै भ लाई पुकार्दा भकारी बोक्नु पर्ला भनेर हो की   अनि म राम्रो भएर नै म लाई जताततै सजाएको होएकछिन त अलमल मै परें । जे होस यो म भन्ने शब्दको प्रयोग नहुदो हो त आज नयाँ नेपालको गन्ध नै नपाउने थिए हुँ ला सायद । बालक देखी बृद्ध सम्म सबलाई मन पर्ने ँम’ लाई हामीले मात्र कसरी नकार्ने त होईन त्यसैले ँम’ लाई नै पुकार्दै यो गुणगान गाउन लागेको छु । हामी भन्दा पनि म र मलाई भन्ने थेगोले आज नेपाली शब्दकोषलाई नै चुनौती दिलाएको छ । मस्ट पपुलर र मस्ट रिपिटेडको सुची बनाउने हो भने ऋ र ज्ञ ले त स्थान नै नपाउने भै सक्यो । कसरी भन्नु होला फेरीऋषी र ज्ञानी बन्न लायक नेपाली को छन त  यदि सबैले ज्ञानीको भाव ब्यक्त गरेका भए अहिले जस्तो बर्षकै दुई पटक सरकार फेर्नु पर् थ्यो त

    लुइ चौधौले ँम नै राज्य र राज्य नै म हुँ” भनेर प्रचार गर्दा जे परिणाम भोग्नु पर् यो आखिर नेपाली हालत पनि त्यो भन्दा कम नहोला जस्तो लाग्छ । किनभने यहाँ म को प्रचार हरेक क्षेत्र अर्थात ँनुन देखी सुन” सम्म नै फैलीएको छ । अझ राजनीतिमा त झन म बिना केही पनि हुदैन । कतै ठुलो पदपुर्ती गर्नु पर् यौ कि मेरो मान्छेकतै चोरगुण्डा छुटाउनु परे पनि मेरै मान्छे अनि चिल्लो कुसर्ी चुम्न त म भन्दा अरु योग्य नै छैन भन्ने भावना यत्रतत्र सर्वत्र छाईसकेको छ । ँमै खाँऊमै लाउष मोजमस्ती मै गरुँ अरु सवै मरुँ” भनेर त्यसै भनेका हैन रहेछन् । गिरिजाबावुले सुजतालाई उपप्रधानमन्त्रीको कुसर्ीमा बसाउदा अनौपचारीक रुपमा विरोध भए पछि सूर्यको अगाडी चन्द्रमाको प्रकाश जस्तै विलाउन बाध्य भए । विजय कुमार गच्छेदारले आफ्नो गच्छे भन्दा बढी अरबौको पुल बनाउन त_िम्सए । प्रधानमन्त्रीज्यू ले त झन म को ठाडै स्विकार गर्दै भाइहरुको समेत भलाइ गरिदिनु भयो ।
    यो त केही यसो उदाहरण मात्र हो । उता भारतले पनि म कै अनुसरण गरेर झन्डै झन्डै नेपाल मेरै हो भन्न लागि सक्या थे । आखिर गौतम बुद्ध भारतमा जन्मेको भनेर तार् यो । म को प्रयोगले केहीले राहत पाए पनि कोहीले भने नरकको दुःख भोग्न बाध्य छन् । मेरै श्रमती हो भन्दै भारतको कोठीमा पुर् याइएका नेपाली चेलीको वेदना पनि म भित्रको रामकहानी नै हो । अनि मेरै मान्छे भनेर बिश्वास गर्दा  दलालीले सर्वस्व पचाइदिएको घटना पनि कम दुःख दायक पक्कै छैनन् । अनि आफ्नै मान्छे भनेर विश्वास गर्दा आफ्नो सर्वस्व सहित अर्कैको दुलही भएको घटना पनि सहि सक्नुको छैन ।
त्यसैले ँम” शब्दको चमत्कारी उपयोग अझ भनौ बहुउपयोगले त नेपाली समाजमा निकै भुइचालो ल्याई सकेको छ । म बिना अब नेपालीहरु बाच्न पनि असर्मथ छन् । म को भरमा नै दैनिकी चल्ने हुनाले नै नेपालमा स्वार्थ र अस्थिरता जस्ता कुराहरुले आश्रय पाईरहेका छन । अनि एकअर्कामा दोषारोपन गर्दै अमूल्य समयको दुरुपयोग गरिराखेका छन् । यस परिवेशमा फाइदा पुग्ने भनेको त्यही म लाई नै हो अनि जो इमान्दार छजो सहयोगी र अर्काको हित चाहन्छ त्यसलाई यो समाजले कुल्चेको छ । अनि माथी उक्लिने भर् याङको खुटकिलो फुटकाइदिएको छ र खुट्टा तान्ने प्रवृतीले स्थान जमाएको छ । फलस्वरुप नयाँ नेपालमा म शब्दको उपयोग ब्यवहारिक र लिखित रुपमै सदुपयोग होस ता कि विदेशी प्रभ'हरुको आँखा नलागोस ।
रामजी बलामी

Saturday, October 30, 2010

मख्ख पर्नु दिदि बहिनी
 प्यारो भाई आउछ भनी
 यस पाली त पक्कै आउछु
 बसे हुन्छ दिन गनी 

मखमलि फुले होलान 
स्वागतको गेट बनी 
बाबा आमा खुशी होलान 
कान्छो छोरा आउँलान भनी 

सेलरोटी पाक्यो होला 
खान्थे म छानी छानी
 मिठो मैले खाइ दिदा
 रोएकी थि सानी नानी 

याद मलाई सधैं आउने 
गाउको त्यो मिठो पानी 
जूनी मेरो बित्ने भयो
 गाउ शहर आउने जाने ।। 

Tuesday, October 26, 2010

अस्थिर राजनीतिः बेरोजगारको कारक



हरेक वर्ष कम्तीमा पनि ४ लाख युवा रोजगारीका लागि तयार हुन्छन् । ती युवा श्रमशक्तिको सही सदुपयोग हुन नसक्दा हरेक दिन बिदेसिनेको जमात बढिरहेको छ भने अर्कातिर अनैतिक र अराजक गतिविधि बढिरहेको छ । नेपालबाट प्रतिदिन लगभग ७ सयको हाराहारीमा नेपाली युवाहरू विदेशतर्फ लागिरहेका छन् । यसरी विदेश जानेहरूमध्ये औंलामा गन्न सक्ने मात्राले मात्र राम्रो अवसर पाएका छन् । हालै पनि अमेरिकाका लागि डिभी भर्नेको भीड र कोरिया जान लागेको भीडले नेपालमा बेरोजगारी समस्या कस्तो छ भन्ने कुरा इंगित गर्छ ।
प्रत्येक गाउँमा युवाहरूको उपस्थित न्यून छ । गाउँमा बसेका युवाहरू पनि क्यारेम र तासमा व्यस्त देखिन्छन् । तिनीहरूलाई सही बाटो पहिल्याउन सकिएको छैन । एक छाक नाना र चाचाको बन्दोबस्तका लागि बिदेसिनुपर्ने नेपालीहरूको इतिहास पुरानो छ । न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिकै लागि आफ्नो सर्वस्व साहूकहाँ धितो राखेर बिदेसिनुपर्ने बाध्यता छ । बाध्यतावश गाँस, बासको व्यवस्था गर्ने धोको बोकेर उडेका उनीहरू बीचमा दलालको चरम शोषणमा पर्छन् । यति मात्र नभएर गैरकानुनी रूपमा समेत पठाएर ठग्ने गरिन्छ । उनीहरूलाई ठग्ने क्रम स्थानीय साहूदेखि विदेशको आफन्त र कम्पनीसमेत रहेका हुन्छन् ।
देशभित्र भएका प्राकृतिक स्रोत–साधनको उच्चतम उपयोग हुन नसक्नु र भएका उद्योग–कलकारखानाहरू क्रमशः धराशायी बन्दै जानु पनि बेराजगारीको प्रमुख कारण हो भने अर्कातर्फ बढ्दै गएको जनसंख्या र राजनीतिक अस्थिरताले आर्थीक विकासमा चुनौती थपिदिएको छ । अर्काे कुरा, सरकारले स्पष्ट औद्योगिक नीति ल्याउन नसक्दा औद्योगिक संरचनाहरू बिस्तारै हराउँदैछ, जसका कारण बेरोजगारी बढाएको छ । जल, जमिन, जटिबुडीको राम्रो सदुपयोग गर्ने नीति ल्याउने हो भने बेरोजगारी मात्र घट्ने होइन, समग्र मुलुकको आर्थिक स्थितिसमेत सकारात्मक हुने निश्चित छ ।
जातीय तथा दलीय स्वार्थका लागि खुलेका विभिन्न संगठनको चन्दा नीति र बन्द तालिकाले रोजगारी क्षेत्रमा नकारात्मक असर परेको छ । बेरोजगारीका कारण खाडीमा जानु मात्र परेको छैन, दिनदहाडै सामाजिक अपराध पनि बढिरहेका छन् । सामान्य गोजी चोर र छलकपटको कुरै छाडौं, दिउँसै करोडौंको बैंक फोर्नेहरूलाई समेत कारबाही हुन सकेको छैन । विदेश पठाइदिने नाममा लाखौं रुपैयाँ बुझाएर मात्र पुग्दैन, त्यहाँको शारीरिक तथा मानसिक शोषण झेल्नुपरिरहेको छ ।
रोजगारीकै नाममा खाली मुलुकमा कैयौ दिदीबहिनीले नारकीय व्यवहार भोग्नुपरिरहेको छ । कोही चर्काे घाम र कार्यचापका कारण कोठामा सुतेको सुत्यै भएको घटना बढ्न थालेको छ । अज्ञानता र अशिक्षितका कारण कैयौं दाजुभाइले सडक दुर्घटनामा परेर ज्यान त्याग्नुपरिरहेका छन् भने फितलो नियम भएको मुलुक नेपालमा जन्मेका हामी नेपाली सानातिना तलमाथि गरेकै कारण जेलजीवन बिताउन बाध्य हुनुपरेको छ ।
यी र यस्तै अनेक दुःख भोग्नुपर्नाका प्रमुख कारण नेपाली राजनीतिमा कालो बादल लाग्नु नै हो भन्ने कुरामा दुईमत छैन । वीर गोर्खालीका नामले परिचित नेपाली युवाहरू यतिखेर पशुत्वको व्यवहार भोग्न विवश छन । यदि यी श्रमशक्तिलाई नेपाली माटोमा जिउने अवसर दिने हो भने स्वीजरल्यान्ड घुम्ने सपना होइन, यहीँ बनाउन सकिन्छ, जसका लागि प्रथमतः राजनीतिक अवस्था सुध्रनुपर्छ । 
published in Karobar daily at 2067/7/10

थोरैलाई दसैँ धेरैलाई दशा !

Font size: Decrease font Enlarge font
image


महान् चाड दसैँ भर्खरै सकियो । सर्वसाधारणले आ-आफ्नो हैसियतअनुसार घर-आँगन रंग्याए । ठुल्ठूला व्यापारिक मलले भारी छुटका ब्यानर
झुन्ड्याएर ग्राहक आफूतिर ताने । सहरबजारमा किनमेल गर्नेको घुइँचो लाग्यो । राजधानी नै रित्याएर घर गएका यात्रुहरू फर्किरहेका छन् । फेरि राजधानीमा मान्छेको भीड बढ्दै गएको छ ।
असत्यमाथि सत्यको विजयस्वरूप मनाइने दसैँ अधिकांशका लागि दशा बनेर भित्रिने गरेको छ । हुनेखाने र कालाबजारियाका लागि दसैँ तामझामसाथ आयो । तर, दसैँको आगमनसँगै मुगु, हुम्ला, बाजुरा, जाजरकोट आदि जिल्लामा फैलिएको भोकमरीले यस वर्षको दसैँ निकै खल्लो साबित भयो । मिडियामा भोकमरीका समाचार आइरहँदासमेत सम्बन्धित निकायले यसतर्फ ध्यान दिएको देखिँदैन ।
नेपालीमा एउटा उखान छ— 'आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई । आफ्नो गच्छेभन्दा बढी होडबाजीमा लागेर कुनै पनि चाडपर्व मनाउनु हुँदैन । तर, आफ्नो औकातभन्दा माथि उठेर चाडपर्व मनाउनाले नै माथिको उखान सार्थक बनेको छ यो वर्ष पनि ।
दसैँसँगै चाडपर्वको मौसम सुरु भएको छ । लगातार आउने दसैँ, तिहार, छठलगायतका पर्वले हुँदा खाने वर्गलाई सताउनु सताउने निश्चित छ । तर, चर्को अभाव र महँगीले हुनेखानेलाई समेत प्रभाव पार्ने अवस्था छ । अर्काे कुरा सुरक्षाका दृष्टिकोणले हेर्दा पनि चाडबाडमा समस्या बढ्ने देखिन्छ । भर्खरै सकिएको दसैँमा चोरी र ठगीका घटना निकै बढे । हामीले धार्मिक दसैँ मनाइरहँदा चोरहरू भने मस्तीको दसैँ मान्न तल्लीन थिए होला । चाडबाडको समयमा विभिन्न बहानामा जबर्जस्ती चिठ्ठा भिडाउने चलन पनि फस्टाइरहेको देखिन्छ । उपहार योजना ल्याएर उपभोक्तालाई भुलाउनु चाडपर्वका नाममा भित्रिएको विकृति हो । ५० रुपैयाँको चिठ्ठामा मोटरबाइक राखेर आशा देखाएपछि नलोभिने कुरै भएन । अन्ततः यो लोभले लाभ, लाभले विलापसिवाय केही होइन । यसको नतिजा सार्वजनिक गर्दा कत्तिको पारदर्शिता अपनाइन्छ भन्ने कुरामा भने कसैले वास्ता गरेको पाइँदैन । प्रत्येक वर्षझैँ सुरक्षा निकायले चिठ्ठाका नाममा ठगी गर्नेलाई कारबाही गर्ने जानकारी त दिएको थियो, तर कसैलाई कारबाही गरिएको जानकारी भने पाइएको छैन । त्यस्ता चिठ्ठा कार्यक्रमभन्दा कुनै सांगीतिक कार्यक्रम गरेको भए बरु ठीक हुने थियो ।
अर्काे विकृति भनेको तास, जुवा र पेय पदार्थको बढ्दो प्रयोग हो । गत वर्ष मात्रै एक ठाउँमा जुवामा सबै सम्पत्ति हारेपछि आफ्नी छोरीलाई समेत जुवाको खालमा थापेको समाचार बाहिर आएको थियो । कथाजस्तो लाग्ने यो घटना जुवाको लतको नतिजा हो । वर्ष दिनभरि कमाएको पैसा दसैँमा एक्लैले यसरी तास र जुवामा उडाउँदा परिवारको के हालत होला ? टीकाको दिन साइत जुराउन पनि जुवा खेल्नुपर्छ भन्ने अन्धविश्वास नेपालीमा छ । 'ओल्ड इज गोल्ड' भन्ने कुरा सबैमा लागू हँुदैन, त्यसैले पुराना कथनलाई पनि सही रूपमा मात्र उपयोगमा ल्याउनु जरुरी छ । अर्काे बाध्यात्मक विकृति भनेको यातायातको हो । यस वर्ष पनि राजधानीबाट बाहिरिने सवारी साधनको टिकट अगि्रम बुकिङ खुला गरेको जनाइए पनि खुलेको तीन/चार दिनमै टिकट सकिएको बताएर आमयात्रुलाई कालोबजारमा टिकट भिडाउने खेल खेलियो । आखिर यस खेलमा रमिते बन्नबाहेक केही गर्न सकिएन । एउटै सिटका लागि धेरै टिकट बेचेर कुस्त रकम कुम्ल्याउनेको जमात पनि निकै देखियो यहाँ । टिकट नपाउने र वर्षदिनको दसैँमा घर नगई नहुने बाध्यताले गर्दा हुटमा बसेर जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपर्‍यो यो वर्ष पनि । यसरी हुटमा बसेर यात्रा गर्दा दुर्घटना हुने सम्भावना धेरै हुन्छ । तैपनि, यात्रा नगरी सुखै भएन । त्यसैले, सम्बन्धित निकायले यसतर्फ ध्यान दिएर यातायातका साधनको थप व्यवस्था गर्ने हो भने यो समस्याबाट मुक्ति मिल्थ्यो होला । अर्काे कुरा चाडपर्व मान्ने नाममा चिल्लो-पिरो खाने र अधिक रक्सी तथा मासु सेवन गर्नाले हाम्रो स्वास्थ्यमा ठूलो असर परिरहेको हुन्छ । त्यसैले प्रत्येक चाडपर्वमा आफ्नो स्वास्थ्यस्थितिलाई हेरेर मात्र खानपान गर्नु जरुरी छ ।
अहिले धार्मिक दसैँ सेलाए पनि राजनीतिक दसैँको माहोल भने निकै तातेको छ । कामचलाउ सरकारका भरमा मुलुक लथालिंग भइरहँदा पनि सबै आ-आफ्नै धुनमा व्यस्त छन् ।
रामजी बलामी, मकवानपुर
published in 2067/7/10 in Nayapatrika daily.

Monday, October 25, 2010

रामजी बलामी

भ्ाीरको फसर्ी र नयाँँ नेपाल                   eL/sf] km;L{ / gofF g]kfn
  हामी सवैलाई थाहा छ भीरमा फलेको फसर्ी भन्ना साथ त्यसको आश नगरे हुन्छ । त्यसलाई न माथीबाट तानेर निकाल्न मिल्छ न त तलबाट नै । एउटा फसर्ीको लोभ गरेर भीरमा चढ्न थाल्यो भने आफ्नै ज्यान जोखिममा पर्ने निश्चत छ । त्यसैले त्यो फसर्ी जतिसुकै राम्रो र गतिलो होस  हामी मायाँ मार्न तयार हुन्छौ । ठिक यसरी नै आज नयाँ नेपालको नारा घन्किरहेको परिप्रेक्ष्यमा  नेपालको अवस्थालाई केलाउने हो भने त्यो फसर्ीको हालत भन्दा कमसल पक्कै छैन । राजनीतिक खिचातानी तथा दलगत र व्यक्तीगत स्वार्थमा अडेको नेपाली राजनीतिको छत्रछाँया यतिखेर चरम विन्दुमा पुगेको छ । सहमतीको नाममा बिमतीको राजनीतिले आश्रय पाईरहेको छ जसको कारण आज मुलुक अनिर्णयको भुमरीमा फस्न वाध्य भइरहेको छ ।

नेपाली कांग्रेस एकिकृत नेकपा माओवादी र नेकपा एमाले विच अहिले अण्डा पहिला कि चल्ला भनेझै सहमती पहिला कि उमेद्वारी फिर्ता भन्ने जुहारी चलिरहेको छ । माओवादीको क्यान्टोनमेन्ट खाली नहुंदा सम्म आफ्नो उमेद्वारी फिर्ता नहुने रामचन्द्र पौडेलको अडान र एमाले तथा माओवादीको जसरी पनि उमेद्वारी फिर्ता गराउने रणनीतिले गर्दा नै बाह्रौ पटक सम्मको निर्वाचनमा समेत प्रधानमन्त्री चुनिन नसकेको हो । यहि क्रम जारी रहने हो भने अझै कयौ पटक हार व्यहोर्नु पर्ने निश्चत छ । प्रधानमन्त्री माधव कुमार नेपालको राजीनामाका लागि िसंह दरवार देखि रिङरोड समेत घेरेर राजीनामाको एक घण्टामै सहमतीय सरकार बनाउछौ भन्ने माओवादीका नेताहरु यतिखेर तोलाएर बस्न विवस भएका छन । यस्तै राजीनामाकै लागि पार्टी भित्रै बाट बारम्वार ताकेता गरेका पार्टी अध्यक्ष झलनाथ खनालले दुई तिहाईको पासोमा परे पछि पुनः सिहमतीकैलागि प्रयास जारी राखेका छन् ।

दलहरु बिच देखिएको यो मतभेदले गर्दा वाह्रय शक्ती सल्बलाउने संभावना निकै देखिन्छ । कतै उद्घाटन त कतै सहयोगको नाममा छिमेकी मुलुकहरु नेपालप्रती बक्र नजर लगाइरहेका छन् । ुमुखमा राम र बगलीमा छुराू गर्दै एक पछि अर्काे गरेर सिमा स्तम्भ सार्दा समेत हाम्रा नेताहरुलाई सरोकार भएन । भाषणको बखत सिवाय अरु बखत उनिहरुमा राष्ट्प्रती कुनै पनि भावना देखिदैन । यदि राष्ट्हितको पक्षमा लाग्नेहरु भए देखि यत्रो समय सम्म कुसर्ीकैलागि संघर्ष जारी राख्ने पक्कै थिएन । जसरी पनि आफ्नै नेतृत्वको सरकार बन्नु पर्ने अन्यथा अर्काे पार्टीलाई कुनै पनि हालतमा समर्थन नजुटाउने यि दलहरुको चाला ले ुमाछो माछो भ्यागुटोू भनेझै भएको छ । जनताको आंखामा छारो हालेर भ्रम सृजना गर्ने अनि जनताको नाममा राजनीति गरेर आफु मात्र नागरिक पार्टी अरुचाही गैर नागरिक भन्दै हिड्ने नेताहरुको चालालाई जनताले के भन्लान

निर्धारित समय भित्र संविधान बन्न नसके पछि पुनः एक वर्षको म्याद थपिएको थियो तर अब पनि थपिएको समय भित्र संविधान नबन्ने निश्चित प्रायः छ । नेताहरुकै भाषणलाई आधार मान्ने हो भने हाल सम्म ७० प्रतिशत काम सकिएको र मुल मुद्दा मात्र बाकि रहेको छ तर संविधानलाई भन्दा पनि सत्ता र सरकारकै लागि लडाँई जारी राखेका यि दलहरुको विवादले संविधान ओझेलमा परेको तितो यथार्थ छ । ुसंविधान जसरी नि बन्छ नबने पुनः म्याद थपिन्छू एमाले उपाध्यक्ष वामदेव गौतमले यो वाक्य बोल्दा कलंकीमा हांसोको फोहोरा छुटेको थियो तर यो यथार्थ कुरा हो । सहमतीको मन्त्र जपेर बसेका यि दलहरु आफ्नै पक्षमा सहमती हुनुपर्छ भन्ने मानसिकतामा राखेका छन् । यसरी हेर्दा नेपाली नेताहरुले कतै सहमतीको ब्याकरण नै नबुझेका त होईनन  भन्ने लाग्न थालि सकेका छन् ।

हरेक पटकको राजनीतिक उथलपुथलमा भारतको हात रहने कुरामा दुईमत छैन । हस्तक्षेप भयो भनेर हामीले आवाज उठाउदा आज भारत मौन त छ तर भित्रभित्रै कति चलखेल गरेका छन भन्ने कुरा हामीले सोच्न भ्याएका छैनौ । नेपाली नेताको चिन भ्रमण र चिनिया नेताको नेपाल भ्रमणलाई हेरि नसक्ने भारत यति खेर नेपालको राजनीतिलाई कता तिर लैजाने भन्ने जोडघटाउ गर्न ब्यस्त छ होला । यति मात्र होइन राकेश सुदको भ्रमणमा जुत्ता प्रहार हुंदा माओवादीप्रतीको दृष्तिकोण झनै आगोसरी बनेको छ । नेपालप्रतीको ज्यादती र अत्याचार व्यवहारलाई माओवादीले चालेको कदम सहि हो तर त्यो राष्ट्हितको लागि हो वा पार्टीहितको लागि भन्ने मूल कुरा रहेको छ ।

राजतन्त्रको अन्त्य र गणतन्त्रको उदय संगै नेपाली जनताले एक पटक शान्तीको श्वास फेर्ने धोको लिएका थिए तर गणतन्त्रको नाममा फस्ताएको मनपरितन्त्रले गर्दा अहिले झन अशान्ती र अस्तब्यस्तताले दैनिकी गुजार्न विवस हुनु परेको छ । पूर्व राजा ज्ञानेन्द्रको धार्मिक भ्रमण हिमानीको गैर सरकारी संस्थाप्रतीको मोह तथा सहयोगको चाहना र राजाको भ्रमणमा जनताको बाक्लो उपस्थित अनि जयजयकारले गर्दा आज नँया नेपाल चरम संकतमा परेको स्पष्ट बुझिन्छ । दशौ वर्ष युद्धमा फसेको बुद्धभूमी नेपालमा पुनः शान्तीको खाँचो छ । नेपाललाई मागी खाने भाँडोको रुपमा प्रयोग गरेर आ आफ्नै दुनो सोझ्याउने कसरतमा लागेका नेपाली दलहरु र ति दलका नेतृत्वकर्ताहरुको हदले गर्दा नै नँया नेपाललाई भीरको फसर्ी संग दाँज्न परिरहेको छ ।

एउटा मुलुकमा दूई थरीका सेना रहेकाले नै आज हरेक कुरामा यस्तो विवाद उत्पन्न भएको छ । माओवादीहरु भन्छन्  प्याकेजमा सहमती गरौ विगतको सम्झौता अनुसार सेना समायोजन गरौ गणतन्त्र ल्याउन ज्यान बलिदान दिएर लडेका सेनालाई राष्ट्यि सेना नभनेर राजतन्त्रको पक्षमा लडेको सेनालाई कसरी राष्ट्यि सेना भन्ने  तर कांग्रेसलॆ भने माओवादी क्यान्टोन्मेन्ट खाली गर्नु पर्ने कब्जा गरेका घर जग्गा फिर्ता हुनु पर्ने लगायतका माग राखेर आफ्नो अडान यथावतै राखेका छन् । यि दुई कुरालाई हेर्दा आफु मात्रै सक्षम र सबल ठान्ने मानसिकता रहेको देखिन्छ । यहि सेना समायोजनले गर्दा नै आज मुलुकमा यत्रो संघर्ष जारी रहेको छ । कटवाल प्रकरण देखि जति पनि उतारचढावहरु आए ति सवै सेना समायोजनमा देखिएको स्वार्थपनले गर्दा नै भएको हो भन्ने कुरामा दुई मत छैन ।

अब पनि सेना समायोजनको कुरालाई पछाडी धकेल्दै जाने हो भने कुनै दिन यसले ठुलो चुनौती ल्याउनेछ । समयमा संविधान बन्न नसके जस्तै नयाँ नेपालको नाम पनि लामो समय नटिक्न सक्छ । यसर्थ जसरी पनि सेना समायोजन गरेर अगाडी बढ्ने हो भने अन्य बाधा अवरोधहरु स्वतः हल हुने कुरामा शंका छैन तब मात्र भीरको फसर्ी र नँया नेपाल बिपरीत शब्द सावीत बन्छ .

२०६७। ७। ७ गते नेपाल समाचारपत्र प्रकाशित लेख ।

Monday, October 4, 2010

          /fdhL anfdL
                            
                            दशै कि दशा

  हिन्दु धर्मालम्वीहरुको महान चाड दशै हाम्रो घर आंगनमै आईसकेको छ । त्यसैले होला घर आंगनहरु रंगाउने क्रम शुरु भईसकेको छ । ठुल्ठुला ब्यापारीक महलहरुम्ाा भारी छुटका ब्यानरहरु झुन्ड्याउन थालिसकेका छन् । गाँउघरमा लिपपोटका लागि माटो लिन जानेको भिड पनि उत्तिकै बढेको छ । शहर बजारमा किनमेल गर्नेको घुँइचो पनि निकै बढेको देखिन्छ । हरेक संचार माध्यमहरुमा दशैको उमंगले छाइसकेको छ । विभिन्न बैंक तथा सहकारी संस्था र ब्यापारीहरुले दशै विशेष अफरहरु पनि ल्याइसकेका छन् । घर जानका लागि टिकट काउन्टरमा यात्रुहरुको भिड बढेको छ । देश वाहिर रहेकाहरु पनि घरमा आउन तम्तयार भएक्ा छन् । दशैमा हृुन सक्ने आपराधिक घटनालाई मध्यनजर गर्दै राजधानीको सुरक्षा व्यवस्था कडा बनाउने समाचार पनि आएको छ । आधुनिकताको नाममा आफ्नो संस्कृति समेत भुलेका हामी नेपालीको एउटै बुकी पहिचान बनेको छ दशै ।
  असत्य माथी सत्यको विजय स्वरुप मनाइने यो  पर्व अधिकांशकालागि दशा बन्न पुगेको छ भने केहिलाई मात्र दशैको महशुस हुन थालेको छ । हुने खाने र कालाबजारियाहरुका लागि मात्र दशै तामझमका साथ आउने गर्दछ यि वाहेक अरुका लागि दशा सावीक बनेको छ । ुदशै आयो खाउला पिउलाू भन्ने जनवोलीलाई भोकमरी जस्ता समस्याले चुनौती थप्ाी दिएको छ । दशैको आगमन संगै मुगु हुम्ला र बाजुरामा फैलिएको भोकमरी समस्याले गर्दा यस वर्षको दशै खल्लो मात्र होइन अविस्मरणिय नै हुने निश्चित छ । मिडियाहरुमा यति धेरै भोकमरीका समाचारहरु आइरहदा समेत सम्वन्धीत निकायले यस तर्फ ध्यान दिएको देखिदैन । नेपालीमा एउटा उखान छुआयो दशै ढोल बजाई गयो दशै ऋण बोकाईू । आफ्नो गच्छे भन्दा बढि देखावतीमा लागेर कुनै पनि चाडपर्व मनाउनु हुदैन । यसरी आफ्नो औकात भन्दा माथी उठेर चाडपर्व मनाउनाले नै ब्यापारीहरुलाई फाईदा पुगेको छ ।
बढ्दो बिकृित
नेपालीहरुको चाडपर्वको मौषम शुरु भएको छ । लगातार आउने दशै तिहार छठ लगायत पर्वहरुले हुदा खाने वर्गका लागि वाकवाकी बनाउने निश्चित नै छ । तर अभाव र मंहगीले गर्दा हुने खानेलाई समेत प्रभाव पर्ने निश्चित नै छ । अर्काे कुरा सुरक्षाको दृष्तिकोणले हेर्दा पनि यस्ता बेलामा निकै खतरा आइरहेका हुन्छन् । नजिकिदो दशै संगै चोरी र ठगीका घटनाहरु बढिरहेको छन् । हामीले धार्मीक दशै मनाइरहदा चोरहरु भने मस्तीको दशै मान्न तल्लिन छन् । त्यसैले यस तर्फ पनि सतर्क हुनु जरुरी छ । अर्काे कुरा विभिन्न बहानामा कुपन भिराउने चलन पनि फस्ताइरहेको छ । कतै सडक मर्मत त कतै सरसफाई जस्ता िनंहु बनाई बिल काट्ने गरेको पाईन्छ । अकाृै कुरा उपहार योजनाहरु ल्याएर रन्भुलाउने कोसीस सदा झै यस पटक पनि निकै देखिएको छ । ५० रुपैंयाको चिठ्ठामा मोटार बाइक राखेर आशा देखाए पछि नलोभिने कुरै भएन । अन्नत त यो लोभले लाभ लाभले विलाभ सिवाय केहि होईन । यसको नतिजा सार्वजनिक गर्दा कतिको प्रभावकारी हुन्छ भन्ने कुरामा भने कसैले वास्ता गरेको पाईदैन् । प्रत्येक वर्ष झै सुरक्षा निकायले कारवाही गर्ने जानकारी त दिएको छ तर त्यो सुचनामै सिमित हुने कुरामा निर्धक्क छ । यसरी चिठ्ठा कार्यक्रम गर्नु भन्दा कुनै संगीतमय कार्यक्रम गरेको भए दुबै हातमा मिठाई हुने थियो ।
अर्काे बिकृति भनेको तास जुवा र पेय पदार्थको बढ्दो प्रयोग छ । गत वर्ष मात्रै एक ठाँउमा जुवामा सवै सम्पत्ती हारे पछि आफ्नो छोरी लाई समेत च्याखे थापेको समाचार वाहिर आएको थियो । कुनै कथा जस्तो लाग्ने यो घटना भनेको जुवा लतको नतिजा हो । वर्ष दिन भरी कमाएको पैसा दशैमा एक्लैले यसरी तास र जुवामा उदाउदा परिवारको के हालत होला  टिकाको दिन साइत जुराउन पनि जुवा खेल्नु पर्छ भन्ने मानसिकता नेपालीहरुको छ । ुओल्ड इज गोल्डू भन्ने कुरा सवैमा लागु हुदैन त्यसैले पुराना कठनहरुलाई पनि सहि रुपमा मात्र उपयोगमा ल्याउनु जरुरी छ । अर्काे बाध्यात्मक बिकृति भनेको यातायातको हो । यस बर्ष पनि गत असोज १ गते देखि नै अगि्रम बुकिङ खूल्ला गरेको जनाइए पनि खुलेको तिन÷चार दिनमै टिकट सकिएको जानकारी आउनुले यस तर्फ कतिको कालाबजारीया सप्रेका छन भन्ने कुरा छर्लङ्गै्र छ ।
एउटै सिटको लागि धेरै वटा टिकट बेचेर कुम्ल्याउनेको जमात पनि निकै छ । यस तर्फ समयमा सोचिएन भने आफुले काटेको टिकट नक्कली हुने कुरामा दुईमत छैन् । टिकट नपाउनु र बाध्यता हुनुले हुटमा यात्रा गर्नु अन्तिम बिकल्प हो । यसरी हुटमा बसेर यात्रा गर्दा दुर्घटना हुने संभावना निकै हुन्छ । दशै ताका यस्ता घटनाहरु धेरै हुनुको कारण एकातिर धेरै लोड हुनु र अर्काेतिर सिटको विषयमा ड्राइभरसंग झगडा हुनु नै हो । त्यसैले सम्वन्धित निकायले यस तर्फ ध्यान दिएर यातायातका साधनको थप व्यवस्था गर्ने हो भने यो समस्याबाट मुक्त हुन सकिन्थ्यो । अर्काे कुरा चाडपर्व मान्ने नाममा चिल्लो पिरो खाने र अधिक रक्सी तथा मासु सेवन गर्नाले हाम्रो स्वास्थ्यमा ठुलो असर परिरहेको हुन्छ । त्यसले आफ्नो स्वास्थ्य अवस्थालाई हेरेर मात्र खानपान गर्नु जरुरी छ
अहिले धार्मिक भन्दा पनि राजनीतिक दशैको महोल निकै देखिएको छ । कामचलाउ सरकारको भरमा मुलुक लथािलंग भईरहदा पनि सवै आ आफ्नै धुनमा ब्यस्त छन । त्यसैले दशा नबनुन यो दशै यहि कामना छ ।

पेट्र्ोलको लाइन कहिल्यै नहोस
ल्ोाडसेडिङ सदा अन्त्य होस<
बन्द हड्ताल बन्दै होस
मोवाईलमा नेटवर्क सधै लागोस

नेताहरु लाई वुद्धी आओस
रोग व्याधी सवै जाओस
पुारा होस सवैको मनोकामना
यहि छ मेरो शुभकामना ॥