कुलेखानी ईन्द्रसरोबर ताल

Wednesday, August 18, 2010

x

          अती भो ,
अब त अती भो ,
कछुवा को गती भो
मेरो माया तिमीलाई
नयन को जती भो ।

छाडि जान्छौ भने त
बिग्रे कै मती भो
होइन भने मायालु
यो माया अती भो ।।

चोखो माया दिदा पनि
तिमी माया कपती भो
तिम्रो माया अब त
सार्है मलाई अगती भो ।।

घाऊ बने तिमी त
म तिम्रो पत्ती भो
अश्यारो मा पनि हजुर
तिम्रो लागि बत्ती भो ।।

यौबनको जोश तिम्रो
सबै को भत्ती भो
तिम्रै लागि ए हजुर
मेरो निकै क्षती भो ।।

No comments:

Post a Comment

Thank u.