तपाईंसँग पनि यस्ता कुनै लेख, रचना,मायाप्रेम ,बिबिध प्रतिभा छन तर प्रचार् प्रसार को मध्यम पाउनु भएको छैन भने rbalami2008@gmail.com मा पठाउनु होला तर तपाईं को प्रतिभाले समाज मा नकारात्मक सन्देश नजाओस ।प्रतिक्षा गर्नुस् , तपाईं ले यहाँ मेरो ब्यक्तिगत कुरा देखी बर्तमान राजनीतिक अवस्था, स्वास्थ्य,शिक्षा, बालावज लगायतका कुराहरु पाउनु हुनेछ । यो ब्लग भर्खर शुरु भएको ले प्रयासरत छु ।
कुलेखानी ईन्द्रसरोबर ताल
Valentine day
रामजी बलामी
प्रेमको आधुनिक परिभाषा ः टाइमपास लभ
भ्यालेन्टाइन डे ः बढ्दो प्रयोग घट्दो भ्यालु
यस वर्ष फाल्गुण २ गते परेको छ भ्यालेन्टाईन डे । खासगरी आधुनीक युवायुवतीहरुकाबिच लोकपि्रय बन्दै भईरहेको भ्यालेन्टाईन डे को प्रयोग बढे पनि भ्यालु भने घटेको कयौ युवापुस्ताकै भनाई छ । प्रेमीप्रमिकाविच एकअर्कामा मनको वह पोख्ने सु अवसरको रुपमा लिइने यो दिन अहिले देखावतीरुपमा प्रयोग हुन थालेको पाईन्छ । विकास र प्रविधीसंगै आधुनिक पुस्तामा प्रेम गर्ने शैली र आधार पनि परिवर्तन हुदै गईरहेको पाईन्छ । भनिन्छ ु प्रेममा न जात हुन्छ न समय र सिमा नै ू । यसो त संचार क्षेत्रमा आएको परिवर्तन संगै प्रेम शैली र प्रयोगमा निकै भिन्नता छाइसकेको छ । त्यसैले नै होला लोक गित र संस्कृति संगै हुर्किने प्रेमलाई चटक्कै भुलेर आजका युवायुवतीहरु डिस्कोको मज्जा लिन ब्यस्त छन । प्रसंग केहि दिन अघिको हो । तल कोठामा बस्ने दिदिले आफ्नो तिन वर्षे नानीलाई स्कुल पठाउन तयारी गर्दै हुनुहुन्थ्यो । संयोग नै मान्नु पर्छ त्यसै बखत म त्यँहा पुगे जुन बखत ति कलिला नानीले आफ्नो तोते बोली निकाले । ुममी आज मलाई राम्ररी कपाल कोर्दिनुस ल नत्र त्यो विजयले काली भनेर जिस्काउछू यस्तो बोली सुने पछि मैले पनि सोधी हाले अनि जिस्काएर के भो र तर मेरो शब्द नै फुर्न नपाउदै ति नानीले जवाफ फर्काइन ुमैले ऊ संग लभ गरेको छु क्या अंकलू । झट्ट सुन्दा अचम्म लाग्ने यो वाक्य आजको परिवेशमा सामान्य जस्तै बन्न थालेको छ । अब त जन्मने वित्तिक्कै आइ लभ यू भन्न थाल्छ भन्नेा कुरा सम्झिदै एक छिन त हांसे पनि ।
आफ्नो बोली समेत स्पष्ट बोल्न नसक्ने नानीले समेत लभको परिभाषा दिएको सुन्दा अचम्म लाग्नु भन्दा पनि आजको युवायुवतीले भोगेको यर्थाथ कुरा वताए जस्तो लाग्यो । आजकल अधिकांश युवायुवतीहरुले प्रेमलाई टाइमपासको रुपमा हेरिन थालेको छ । त्यसो त कक्षा र तह पिच्छे नयाँ नयु प्रेमीप्रेमीका रोज्ने क्रम बढ्दै गइरहेको छ । अधिकांश साथीको भनाइ अनुसार कलेज लाइफमा साथी बिपरित िलंग नभ्ाएमा एकान्त महशुस हुने अनुमान छ । यि भनाइले पनि के बुझिन्छ भने कयौ युवायुवती त लहलहै र देखावतीका लागि पनि प्रेम गर्दाे रहेछ भन्न्ो कुरा वुझिन्छ । कक्षामा अगाडी शिक्षकले पढाइरहदा उनिहरु भने कानमा एयर फोन घुसाउदै एकअर्कालाई चिमोट्ेर प्रेमलाई ऊर्जा थपीरहेका हुन्छन् । यस वखत एउटा लोकगितको याद आयो
क्याम्पस पढ्न आउने
सरले उता पढाउने
हामी आँखा जुढाउने
चित्त वुझाउने……॥
यसरी कलेजलाईफलाई प्रेममय बनाउने युवाहरुको जमात बढदै गएको छ । यस्तो परिवेशमा भ्यालेन्टाइन डे ले झन मौका थपिदिएको छ । यस्तै चढदो वैश र ऊर्जाशिल शक्तिलाई प्रेममा भुलाउदै क्लास बंक गर्नेको जमात पनि थुप्रै भेटिन्छन् ।
अस्ति मात्रै कुराकानीकै प्रसंगमा कुलेश्वर स्थित जनमैत्री बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत सुनीत्ाा के सी ले हौसीदै भनिन् ु१० कक्षा पढ्दा एउटा साथी थियो पछि उसलाई छोडेर ११ पढ्दा अर्काे बनाए अब स्नातकमा अर्कै खोज्नु पर्लाू । अझ थप्छिन् अहिले मोजमस्ती नगरे कहिले गर्ने त उनको यो खुलस्त विचारले नै आजकलको प्रेम कस्तो रहेछ भन्नेा कुरा स्पष्ट भइसकेको छ । प्रत्येक भ्यालेन्टाइनमा नयाँ साथी रोज्ने वताउने उनको यो अभिव्यक्तीलाई सारा युवापुस्ताको साझा अभिव्यक्तीको रुपमा लिन सकिन्छ । यसरी १६ वर्षको उमेरलाई मोजमस्तीमा प्रयोग गर्ने युवायुवतीको प्रसंग सुन्दा उनिहरुको भविष्यप्रती गहन प्रश्न उठ्ने गर्छ । तर अभिभावकको छाडापन र लहलहैमा नै कतिपय युवायुवतीहरु यहि माहोलमा हुर्किरहेका हुन्छन् । पश्चिमेली संस्कृतिको नक्कल र आफ्नो संस्कृतीप्रतीको नकारात्मक झुकावकै कारण अधिकांश युवायुवतीको भविष्य अन्धकारमय बन्दै गइरहेको छ ।
फूल भए टिपि दिन्थे
काँडा भएर छुनै सकिन
अरु भए बिसर्ि दिन्थे
पि्रय
तिमि भएर भुल्न सकिन ।
यसरी प्रेम भाव ब्यक्त गर्ने जमाना अव प्रायः भावनामा सिमित हुन पुगेको छ । ति दिनहरुमा जस्तो गाइ गोठालो र मेलापातमा सिमित प्रेम प्रसंगलाई आजको इमेल इन्टरनेट तथा फेसबुक जस्ता संचार माध्यमले अझ सरल र सहज बनाई दिएको छ । त्यसैले त त्यहि भावनालाई यसरी व्यक्त गर्न थालिसकेका छन् ।
फेसवुकमा भयो भेट
च्याटले बढायो माया
अनलाइन आउनु सधै
नपार्नु कहिल्यै छायाँ ॥
कुनै पनि प्रविधीको उचित उपयोग गर्न सके मात्रै त्यसबाट लाभ हुन्छ अन्यथा प्रवीधिको दुरुपयोग गर्दा ठुलो मुल्य चुकाउनु पर्ने हुन्छ । आजकल फेसबुक लगायत इन्टरनेटका च्याट प्रणालीको अधिक प्रयोगले एकातिर समयको बर्वाद भइरहेको छ भने अर्काेतिर झुठा प्रेम मात्र होइन ठगीको क्रम समेत बढदै गइरहेको छ । हुन त संचारमा भएको यो क्रान्तीले विश्व नै खुम्चिएको छ तर यसको प्रयोगमा भने निकै सजक हुनु पर्ने देखिन्छ । आफ्नो उम्लेको जोवानलाई ठेगान लगाउने भन्दै प्रेममा होमिनेहरु त्यसको असफलता संगै आत्महत्या गर्ने क्रम पनि बढ्दै गइरहेको छ । प्रेममा फसेकाहरुको नियत कस्तो समेत हुन्छ भन्नेा कुरा केहि महिना अघि प्रेमिकाको आग्रहमा श्रीमतीलाई पोखरामा लगेर हत्या गरेको प्रसंगले गतिलो उदाहरण प्रस्तुत गरेको छ ।
स्कटमा सजिएको युवती देखे पछि बाइक चढ्न आग्रह गर्ने युवाहरु अनि बाइकमा तास्सिएर यात्रा गर्न पाए संसारै जितेको आभास गर्नेहरुको जमात पनि कमी छैन यहां । मौका आउछ पर्खिदैन भन्दै अन्य कुरालाई ख्यालै नगरि मनको तृष्ण मेटाउने क्रममा अन्जानमै आमा बन्नु परेको घटना पनि कमि छैन यहाँ । त्यस्तै आफ्नो घरमा लाज मानी साथीको घर गइ डेटिङ ड्र्ेस चेन्ज गर्नेको संख्या पनि कमि छैन यहाँ । हुन त यो संसार नै माया र प्रेममा चलेको छ । हरेक प्राणीको लागि आवश्यक प्रेम शब्दको गहन अर्थ बुझनु जरुरी छ र निश्चित सिमामा रहेर प्रेम गरे मात्र त्यसले दुवैलाई सफल बाटो तर्फ लम्कन टेवा पुग्दछ । एकोहोरा प्रेम दर्शाउने र स्वार्थकोणबाट नाटक गर्नेहरुबाट जोगिनु नै महत्वपुर्ण कुरा हो । बाईककै भरमा सारा जिवन सुम्पनु हानीकारक हुन्छ भन्ने कुरा आजका युवतीहरुले वुझ्नु आवश्यक छ ।
भ्यालेन्टाइन डे जुन दिन कयौ जोडीहरु डेटिङस्पटको खोजी गर्दै भौतारीन्छन् । घरमा अनेक बहाना बनाएर भए पनि मन परेको साथीलाई भेट्न उनिहरु आतुर हुन्छन । यस मामलामा खासगरी युवतीहरुलाई अभिभावकबाट अप्थेरो पर्ने भए पछि चिन्तित हुन्छन् तर मन मिल्छ भने भ्यालेन्टाईन डे नै किन कुर्ने भन्ने कुराको ख्यालै राख्दैनन् ।
ह्ाल आएर बेला बेलामा डेटिङस्पटको अभाव रहेको कुरा सार्वजनिक भईरहेको छ । तर पनि यस तर्फ सरोकारवालाका ध्यान नजादा सार्वजनिकस्थलहरु खुल्लामंच गोदावरी दक्षिणकाली थानकोट बसन्तरपुर त्रिभुवन पार्क लगायतका सार्वजनिक ठाँउहरु प्रेमी जोडीहरुको रोजाइ हुने गरेको छ । यस्तो स्थानलाई डेटिङको रुपमा प्रयोग गर्दा एकातिर अभिभावकको उपस्थितले समस्या पर्ने र अर्काेतिर ति क्षेत्रलाई नै नराम्रो प्रभाव पार्ने गरेको ्र छ । अहिलेको जल्दोबल्दो अर्काे समस्या भनेको ब्वाइप्रुेण्ड र गर्लप्रुेण्डको नाममा आफ्नो जिवनलाई खतरामा पार्ने क्रम बढ्दो छ । त्यसैले अहिलेको पुस्ताले वुझ्नु पर्ने कुरा के हो भने यो दुई दिनको रामछायाँले भविष्य नै खतरामा पर्ने हो कि एक पटक सोचौ । नक्कली आश्वासनको भरमा बाईकमा टासिदै यात्रा गर्ने र जिवनभर पिडाको पोको बोक्नु भन्दा बेलैमा सजक रहौ । भ्यालेन्टाईन डे को अवसरमा सफल र अमर प्रेमको शुभकामना ॥
Subscribe to:
Posts (Atom)