कुलेखानी ईन्द्रसरोबर ताल

Sunday, August 29, 2010

बर्बाद पो पर्‍यो


तीजको गीत सुनेर 
निकै हासो लाग्यो 
गाली गर्दै बुढालाई 
दिन भरी नाच्यो

देखे पछी उनि त  
रातो हुँदै  भाग्यो 
सुटुक्क आइ उनी 
सुनकै औठी माग्यो

अर्को बर्ष भन्दा त 
रिसको पोको जाग्यो 
मेरै घरको अगाडि 
रातो पाल पो ताग्यो 


नजाउ माइत भन्दा 
आँखा मलाई तार्यो 
लौ न यो तीजले 
बर्बाद पो पर्‍यो ।।