रामजी बलामी )अनजान)
kathaa
अध्यारोबाट उज्यालोतिर…
प्यारी त्यसरी पिर नगर्नु दुई वर्षमा त फर्किहाल्छु नी त्यस पछि ल्याएको केही कमाईले बावुलाई पनि राम्रै स्कुलमा पढाउला । ू रमेश हिड्ने दिनको अघिल्लो राती सुत्ने बेलामा आँसु पुछ्दै आफुलाई काखमा राख्दै भनेका यि वाक्य अन्जुको मनमा अहिले पनि ताजै छ । रातभर आफ्नो जिवनसंगीसंग भावी जिवनको रुपरेखा कोरेर खाडी पसेका रमेशले सोचे जस्तो कहां सरल थियो र खाडी जिवन । मरुभूमीमा गोरुसरह जोतिदा पनि भने अनुसार ज्याला नपाउने र बारम्वार अनेक गल्तीको भागीदार बन्नु पर्दा उसलाई त्यंहा वस्ने रहर कहां थियो र तर के गर्नु जिवनसंगी संग बुनेका ति भावी सपनाहरु साकार पार्नैका लागि पनि आफ्नो जिउज्यानको पर्वाह नगरी चाकडीमै रमाउन बाध्य छन रमेश । नयाँ घर बनाउने आमावुवाको सपना साकार पार्ने र एउटा छोरालाई राम्रो स्कुलमा पढाउने रहर थियो उसको । तर ति रहरहरु धेरै दिन टिक्न सकेन उसको पार्थिव शरीरसंगै ति सपनाहरु प्ानि चक्नाचुर भईसकेका छन । बाटो क्रस गर्ने क्रममा अनजान दुर्घटनामा परेर ऊ यस धर्तीबाट सदाका लागि विदा भए । उनको विदा संगै जिवनसंगीको वेहाल भए अनि भएका एक सन्तान छोराको वेहाल भए अनि त्यो रात बुनेका सवै सपनाहरु चक्नाचुर भई विदा भए । भर्खर तोतेवोली वोल्न थालेका छोरा र मलिन अनुहारका जिवनसंगीलाई मधुर मुस्कान छरेर खांडी प्रवेश गरेका उनी अव वि्रफकेश वोकेर होईन कुनै वाकसमा कोचिएर आउदैछ । परिवारमा खुसी लिएर होईन विस्मात र पिडा वोकेर आउदैछ ।
रमेशको मृत्युको खवर सुने लगतै बेहास बनेकी अन्जु आजकल पागल जस्तै बनेकी छिन । घरीघरी हास्छिन घरिघरी रुन्छिन अनि छिनछिनमै बरबराउछिन । उनको यो दैनिकी जस्तै बनेको थियो तर केहि उपचार पछि उनको यो पागलपन विस्तारै हट्दै गयो । अनेक प्रयास पछि एकदिन रमेशको शव वाकसमा टम्म वाडेर आईपुग्यो । छिमेकीले यो लास अन्जुलाई नदेखाउन प्रयत्न गरे तर सफल हुन सकेन । जव उनले आफ्नो प्राण पि्रय यसरी आफ्नो आंगनमा आईपुगे अनि उनले टोलाएको पतिको आंखा देखे अनि फेरी भक्कानिएर रुदै वेहोस हुन थाली । विलौना गर्न थाली । आखिर एउटी पत्निको श्रीसम्पती भनेकै पति न हुन पति नै नहुदो हो त अरु किन चाहियो उनि निरन्तर विलौना गर्न थाली यस वखत रमेश हुदो हो त पहिले जस्तै काखमा राखेर आंशु पुछिदिन्थे होला तर अव यो विलौना रमेशले सुन्नेवाला थिएन । आयो टप्प टिप्यो भनेझै विलौनाले फर्किन सक्दैनन रमेश । अव त वाकी रह्यो केवल उसको वाचा बुनेका ति मिठा मिठा सपना अनि एक छोरा । रमेशको लास आई पुग्दा अन्जुर छोरा प्रतिक अनि परिवार मात्रै होईन छिमेकी कै आंखा रसाए किनकी ऊ गाउकै सोझा मान्छेको रुपमा चिनिन्थ्यो ।
कयौ दिन ढल्यो रात ढल्यो तर अन्जुको पिडा झन झन घट्नुको सट्टा वल्झिदै गयो । केहि दिन त छिमेकीको ओहोर दोहोर पनि वाक्लै थियो तर अब त आफ्नै परिवार मात्रै थियो । समयको अन्तराल संगै अन्जुको जिवनमा विस्तारै कठिनाईले वास माग्यो । विस्तारै समाजले उनिप्रती हेर्ने भावनामा टुसारापात हुदै गए । एक्ली नारीप्रती हेय भावनाले अलक्षणी कोणले एकाएक उनलाई सताउन थाल्यो । बल्झिएको उनको घाउमा नुन छर्ने काम गर् यो समाजले । उनीसंग त्यो व्यहार सहनुको कुनै विकल्प थिएन । समयसंगै उनको सुन्दर रुपमा वुढ्यौली छायो आँखामा आँसु टुटेन अनि मनमा कहिल्यै शान्ति छाएन । समाजले मात्रै होईन विस्तारै परिवारले समेत हेय भावनाले हेर्न थाले । छोरा हुर्कदै गए छोरालाई राम्रो स्कुलमा पढाउने उनिहरुको रहर पनि रमेशको लास संगै मरिसकेको थियो ।
घरमा अविवाहित देवर भएकै कारण उनको र देवरबिचको सम्वन्ध भएको कुरा गाँउभरी हल्ला चल्न थाले । कुरा न हो एक कान दुई कान हुदै अन्ततः अन्जुकै कानमा पुग्यो । यो कुराले उनमा फेरी नयाँ पिडा छायो यस वखत आफ्नो हृदयको राजा रमेशलाई सम्झी मात्र सम्झी…। । तर जति सम्झे पनि पुकारे पनि रमेश फर्कनेवालामा थिएन । अव उनी मुक्तीको विकल्प खोज्दै एक्लै भुनभुनाउन थाले । कहिले सोच्थी अव पासो लाएर मर्छु कहिले सोच्थी दहमा जान्छु । आखिर छोराको तगारो र माँयाले गर्दा उनको यो योजना सफल हुन सकेन । एक दिन सोचीन अव यो गांउ नै छोडेर जान्छु । तर छोडेर पनि कंहा जाउ एक्लाएक्लै प्रश्नोउत्तर गरीरहीन र अन्ततः माईती जाने निर्णयमा पुगे ।
दिनहरु वित्दै जांदा निकै वर्ष विते यतिखेर छोरा प्रतिकले एसएलसी पास गरीसकेका थिए । प्रतिक पनि बावु रमेश जस्तै सोझा र भलाद्मी स्वभावकै थिए । यहि कारणले पनि सायद अन्जु भावी सपना वुनिरहेकी थिई । नत्र त्यो बेलै आत्महत्या गर्न सक्थी । आमाको पिडा सवै वुझ्थे उसले । त्यसो त दिउसो साथीभाईले दिएको एक टुक्रा खाजा समेत खल्टीमा राखेर आमालाई ल्याई दिन्थे । छोराको यस्तो वानी देखि अन्जु निकै भावुक अनि खुसी थिई । एकदिन आमाछोरा गोठमा घाँस काटीरहेका थिए यतिखेरै आमाले कुरा निकाले ुबावु हामी यो समाजमा टिक्न सक्ने भएनौ अव मामाघर माईती तिरै गएर बसौ हुन्नू आमाको यो कुरा सुनेर छोरा प्रतिकले टाउको हल्लाए । ऊ आमाको कुरालाई नकार्न चाहननथे आमालाई खुसी पार्नु नै आफ्नो कर्तब्य सम्झन्थे ऊ । त्यसको भोली पल्टै स्कुल व्याग र भएको झुत्रा कपडाहरु वोकर कुखुराको डाँक संगै डाडा काटे उनिहरुले । माइतिघर टाढै थियो अन्जुको । गएको केहिदिन त राम्रै व्यवहार देखाए दाजु भाउजुले तर दुःख पाएर आएकी पोइला गएकी चेलीलाई कहां राम्रो मान दिन्छन र हाम्रो समाजमा । विस्तारै विस्तारै माइतमा पनि उनको वारेमा कुरा कात्न थाले । दाजु पो आफ्नो भाउजु त पराई सम्झी उनले । मेरो दुखै पाउने कर्म रहेछ । उफ… उनि निरास मुद्रामा आफ्नो काममा लाग्छे ।
एकदिन मामा माइजु कोठामा क्ररा गरिरहेको प्रतिकले सुने उनिहरु भन्दै थिए ुछोरी पाल्नेले छोरा पाल्दैनू । यो कुराले प्रतिकको मनमा बाढी आयो भित्रभित्रै मन रुवाए तर आमालाई भन्दा पिर मान्ला भनेर भन्न चाहेनन् । एक्लो छोरावुहारीको घुर्की बृद्ध बुवाआमाले सुन्न सकेन । छोरालाई छुटाएर राख्नु भन्दा छोरीलाई अन्तै विहे गरिदिने ध्याउन्नमा लागे उनिहरु । आमाबुवाको सुरसार अन्जुलाई पटक्कै सह्य भएन उनी त्यस्ती खालकी नारी थिईनन् । आफ्नो पति रमेशप्रतीको अघात माँया अझै ताजै थियो उनको दोश्रो विहे गर्ने कुरा उनको लागि अस्ताउन लागेको घाम जस्तै थियो । त्यसैले आमाबुवाको दोश्रो विहेको प्रस्तावलाई ठाडै अस्विकार गरीन उनले । एउटी चेलीकालागि माइती भन्दा प्यारो अरु हुन्न भन्ािन्छ तर माइतीबाटै यस्तो अपहेलना भए पछि कसको के लाग्छ र माइतमा समेत बास नपाए पछि छोरा संग पिडा पोख्दै रुनथाली अन्जु । अब त प्रतिक मनमा आमालाई पाल्न सक्ने ऊर्जा तागत आई सकेको थियो । आमालाई सम्झाउदै भन्न थाले ुआमा नरुनुस रोएर मात्र कति वस्ने पिर नलिनुस म तपाईलाई जसरी नि पाल्छु जाउ अव यहांबाट पनि ।ू उसको वोलीमा उत्साय थियो केही गरेर देखाउछु भन्ने भाव थियो । आफ्नो छोराले यस्तो वोलेको सुने पछि अन्जु झसंग भईन र छोरालाई अंगाल्दै आंसु पुछेर माइत छाडी जाने निधो गरिन । उनिहरुको लागि अन्तिम विकल्प भनेको त्यो ठांउ छोडेर जानु सिवाय केहि थिएन ।
भ्ााेलीपल्ट झिसमिसेमै डाँडा काटे उनिहरुले उहि पुरानो झुत्रा कपडाको पोका र स्कुले व्याग संगै । आखिर उनिहरुको साथी भनेकै त्यही सिवाय अरु केहि थिएन । उनिहरुको गन्तब्य निश्चित थिएन । कहां जाने कता वस्ने के खाने जस्ता प्रश्नले आमाको मन भारी हुदै गयो । छोरा प्रतिकको मनमा भने यस्तो हतास भन्दा यो गर्ने र त्यो गर्ने जस्ता उत्प्रेरित भावले ओतप्रोत भयो । बाटोभरी आमालाई सम्हाल्दै धुलाम्मे शहर प्रवेश गरे उनिहरु । पति रमेशसंगको विछोड देखि रसाएका आंखा र मनले प्रतिकको मांयाले पिपलको छाँया जस्तै बन्यो अन्जुका लागि । उनको मनमा न्यानो आभास भयो । आंखामा खुसीका आंसु बग्न लागे । तै पनि भित्रभित्रै पिडाहरु छचल्किरहेका थिए । नातावाद र चाकडीपूर्ण शहरी जिवनमा अनजान यात्रु उनिहरुका लागि नौलो ठाउ थियो । त्यसैले धेरै घरमा कोठाको लागि चाकडी गरे तर पाउन सकेन । अन्ततः यात्रु प्रतिक्षालय नै डेरा भए उनिहरुकालागि । उनिहरुको कयौ दिनरात विते त्यँहा । बोराकै सिरक डस्ना थियो उनिहरुको फुक्का खाना र चिसोपनले शरीर शिथिल बन्दै गयो । यस अवधीभर उनिहरु ज्यामी काम गरिरहेका थिए । थोरै भए पनि पैसा जम्मा पारेर एउटा घरमा कोठा लिए उनिहरुले । त्यस पछि छाक तार्दै केही पैसा जम्मा पारेर आवश्यक सामान जोरजाम गरे प्रतिकले । संयोग नै भन्नु पर्छ आमालाई पनि एउटा घरमा काम गर्ने अवसर मिल्यो । अब त दुवै जना काममा व्यस्त थिए । प्रतिकले आफ्नो काम सकेर बेलुका घर आउदा आमाले खाना तयार बनाई सकेको हुन्थ्यो । आमा अन्जुले काम गर्ने एक साहकोु दयालु आंखाले प्रतिकको मिहेनतलाई देख्यो र एउटा जागीर लगाई दियो ।
उनिहरुको आर्थीक समस्या विस्तारै सुधार हुदै गयो । भर्खरै उदाएको प्रतिकको जवानीपन त्यस माथी अफिसको जागिरले उनमा राम्रै व्यक्तित्व झल्किन्थ्यो । अधुरो रहेको एसएलसी पछिको पढाई पनि अव पढ्न थाले उनले । ऊ प्रती नजर लगाउने युवतीहरुको कुनै कमि थिएन यतिबेला । तर पनि यस तर्फ ध्यान दिन चाहेन उसले । आफ्नो आमालाई सुखसयलमा पाल्ने धोको थियो उसको । आफ्नो छोराको इमान्दारीता र लगनशीलता देखी निकै खुसी थिईन आमा पनि । अव त उनिहरुले नयाँ कोठा लिई सकेका थिए । वितेका ति दुःखद क्षणहरुलाई भुल्न चाहे तर सकेनन् अन्जुले । पतिप्रेमबाट टाढिए पनि छोराको मांयाले उनमा नयाँ जोश र जांगर पलायो । यतिबेला प्रतिकले राम्रै जागीर भएका दुल्ही ल्याएका छन । अन्जु पनि काम गर्न जादैनन् । उनका दिनहरु छोरा वुहारीको पखाईमै वित्ने गरेका छन भने छोरा वुहारी पनि आमाको सेवामा कतिपनि चुक्दैनन् । विहान उठेर घरायसी काम भ्याएर मात्र अफिस जान्छिन दुलही शुशीला भने भान्छाको हरेक काममा सघाउन तल्लिन हुन्छन प्रतिक । पहिले पिडा र दुःखका आंसु झर्ने अन्जुका ति आंखाहरु अहिले खुसीका आंसु झार्न तल्लिन छन । अनेक वहानामा एउटा नारीले अर्की नारी माथी लााछना लगाउने त्यो समाजले वाह प्रतिक ! भन्न थालेका छन अनि अरुको माइतीमा आएर रँजाई गरीरहेकी माइजु नामक ति दानवीय नारी आज दिदि भन्दै अन्जुकै प्रतिक्षामा वस्न थालेका छन तर अन्जु अव त्यो माइती र गांउलाई फर्केर हेर्न चाहन्न । किनकी खुकुरीको ब्यथा अचानोलाई थाहा हुन्न ……।
hi ram g your story is nery nice
ReplyDeleteधेरै राम्रो लाग्यो । अझै मिठा लेखहरु पढ्न पाऊँ । धन्यवाद
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteजुन हुदै छ नेपालीको जीवनमा हजुरको कथाको पलट त्यो नै छ,भावको कुरा नगरौ सुन्दर(दुखद् पनि सुन्दर हुन्छर?)लेखाइको शैलि पनि राम्रो छ।वाक्य कतै कतै अपूरो झै लाग्छन्,लेखाइका अशुद्धिलाइ पनि हटाउँदै जानु होला।प्रगती गर्दै छ हजुरको कलम ले ।।
ReplyDeletekatha sukhanta ra paathaklai himmat tatha hausala daek bhaekole ramro lagyo.tara bhaasama dherai truti rahekale mithasma Aluno pan aau6.yasma sudhar garna sallah dinchu.
ReplyDeleteThank u all my dear frns.
ReplyDelete