कतिपय क्षेत्रमा अझै पनि विवाह भएको केहि समय पछि बच्चा हुनै पर्ने र नभएमा विभिन्न आक्षेपहरु लगाएर विशेष गरि महिला माथि ंिहसा निम्त्याउने गरिन्छ । लामो समय सम्म सनतान नभएको खण्डमा अलक्षणी तथा नंपुषक जस्ता आरोप त्यो दम्पतीलाई लगाइन्छ । अझ कतिपय त थुकेर सिमेत हिडेको द्खिन्छ । यो पिडा जस्ाले भोगेको छ गसलाई मात्र थाहा हुन्छ अरुलाई चासो नहुन पनि सक्छ तर यो वास्तविक सामाजिक विकृती हो । जसको नियन्त्रणका लागि हामि सवै एकजूट हुनुकेा विकल्प छैन .
सम्पर्क हुदाखेरी भएको वीर्य स्खलनमा शुक्राणुको मात्रा ५० प्रतिशत हुनु पर्छ भन्ने सम्वन्धित चिकित्सकहरु वताउछन । कतियपको बढि तथा कोहीको कम भए ता पनि यो हाराहारीमा शुक्राणु नभएको अवस्थामा गर्भ नरहन सक्ने उनिहरुको भनाइ छ । अण्डकोषमा उत्पादन भएका शुक्रकितहरु स्खलन सम्म आउन अण्डबाहिनी नलीमा केही अवरोध भएमा पनि अप्थेरो आउन सक्छ ।सामान्य त विर्यलाई नै शुक्रकितको रुपमा हेरिने गरकेा छ ।तर ष्यो वास्तविकता नभएर भ्रण मात्र हो । यहि भ्रमकै कारण विर्य स्खलन हुनुलाई नै शुक्रकित भनेर जिद्दि गर्ने गरेको पाइन्छ । यसैले स्खलनको क्रममा विर्य संगै शुक्रकित पनि मिसिएर आएको खण्डमा मात्र गर्भ रहन सक्छ अन्यथा गर्भ रहर्दैन । शुक्राणु हुँदाहुँदै गर्भधारण हुन सक्छ भन्ने छैन यसको क्षमता र गतिशीलताको पनि उत्तिकै प्रभाव परेको हुन्छ । यसमा शुक्राणु उत्पादन हुँदा कसरी प्रभाव परिरहेको हुन्छ भन्ने विषयमा डाक्टरहरुको भनाइ छ । अण्डकोषमा शुक्राणु उत्पादन हुने क्रमलाई प्रभाव पार्ने केही कारक तत्वहरु छन् । सर्वप्रथम अण्डकोषमा विकिरणको प्रभाव पर् यो भने शुक्राणु उत्पादनमा र् हास आउन सक्छ । जस्तो अनावशयक रुपमा धेरै एक्सरे गर्नु क्यान्सरका लागि प्रयोग गरिने केमोथेरापी तथा किटनाशक औषधिको अत्यधिक प्रयोगबाट पनि अण्डकोषमा हुने शुक्राणु उत्पादनमा प्रभाव पर्न सक्छ । त्यस्तै नशालु औषधिको सेवन मद्यपान तथा धुम्रपानले पनि शुक्राणुको उत्पादनमा असर पार्दछ । त्यसैले यि कुराहरुमा निकै ध्यान दिनु आवश्यक छ ।
औैषधी तथा नशालु पदार्थ तथा धुम्रपान मद्यपानको सेवनबाट पार्ने असरहरु लामो तथा जतिल प्रकारको हुने हुनाले यस तर्फ पनि सजक हुनु जरुरी छ । यसबाट बच्नका लागि सबै चेतनशील वर्गले समयमै सोच्नु पर्दछ । जो मानिसले यस्ता व्यवहारिक कुराहरु बुझेका छैनन् भने बुझेका मानिसले नबुझेका मानिसलाई परामर्श दिनु पनि कर्तव्य हो । हेरोइन मरफिन जस्ता नशालु औषधिको प्रयोगले पुरुष हारमोन टेस्टोस्टेरोनको स्तरलाई घटाउँछ । टेस्टोस्टोरोनको स्तर घट्नुको अर्थ भनेको प्रत्यक्ष मात्रामा शुक्राणु उत्पादन घट्नु हो । मादक पदार्थ सेवनको लत बसिसकेपछि पनि यो समस्या उत्पन्न हुन सक्छ । यसको ठीक विपरीत धुम्रपान गर्नेहरुमा भने वीर्यमा शुक्राणु धेरै कठिनपूर्वक मात्र तैरन सक्छ नत्र त्यतिकै बस्दछ । यस कारणले गर्दा शुक्राणुको गतिशीलतामा भारी कमी आउँछ । यस्तो अवस्थामा धेरै कम शुक्राणु मात्र उर्वरक हुन्छन् । त्यसैले भनिन्छ धेरै ज्वरो आएको अवस्थामा सन्तान जन्माउने उद्देश्यले यौन सम्पर्क गर्नु हुँदैन । शुक्राणुको संख्या घटाउने क्रममा मानसिक तनाव र असुरक्षाका भावनाले पनि निकै असर पुर् याइरहेको हुन्छ ।
परिवार नियोजन गरेको पुरुषहरुलाई गरिने स्थायी उपाय भ्यासेक्टोमी गर्दा पनि शुक्रकितलाई प्रभाव पार्न सक्दछ । अण्डकोषको दुवै ठाउँबाट दुई वटा शुक्रकिट नलीहरु वीर्य ग्रन्थीसम्म पुगेका हुन्छन् । यी शुक्रकिट नलीको मुख्य काम शुक्राणुहरुलाई यसको बाटो हुँदै वीर्य ग्रन्थीसम्म पुर् याउनु हो । भ्यासेक्टोमी गर्दा यही शुक्रकिट नलीको बाटो भएर शुक्राणु जाने-आउने क्रमलाई बन्द गरिन्छ । शुक्रकिट नलीलाई बीचमा यसरी बन्द गरेपछि वीर्य ग्रन्थीमा शुक्राणु पुग्ने कार्य बन्द हुन्छ । यसैले यो समयमा सम्भोग गर्दा तरल पदार्थ जस्तो पदार्थ विर्य मात्र जान्छ तर त्यहा शुक्रकित भने हुदैन ।त्यसैले विवाह गर्ना साथ बच्चा भएन भनेर नारिलाई मात्र दोष दिनु भन्दा दुवैको कमजोरीहरु नियाल्नु आवश्यक छ । तत्नमन्त्र र झाकीको भर परेर बस्दा उपचारमा ढिला हुंदा उपचार असंभव हुन सक्छ जसको कारणले गर्दा चांदै नै यसतर्फ ध्यान दिनु पर्छ जसले समस्यालाई निराकरण तर्फ उन्मुख गराउछ .
No comments:
Post a Comment
Thank u.