कुलेखानी ईन्द्रसरोबर ताल

Monday, October 4, 2010

          /fdhL anfdL
                            
                            दशै कि दशा

  हिन्दु धर्मालम्वीहरुको महान चाड दशै हाम्रो घर आंगनमै आईसकेको छ । त्यसैले होला घर आंगनहरु रंगाउने क्रम शुरु भईसकेको छ । ठुल्ठुला ब्यापारीक महलहरुम्ाा भारी छुटका ब्यानरहरु झुन्ड्याउन थालिसकेका छन् । गाँउघरमा लिपपोटका लागि माटो लिन जानेको भिड पनि उत्तिकै बढेको छ । शहर बजारमा किनमेल गर्नेको घुँइचो पनि निकै बढेको देखिन्छ । हरेक संचार माध्यमहरुमा दशैको उमंगले छाइसकेको छ । विभिन्न बैंक तथा सहकारी संस्था र ब्यापारीहरुले दशै विशेष अफरहरु पनि ल्याइसकेका छन् । घर जानका लागि टिकट काउन्टरमा यात्रुहरुको भिड बढेको छ । देश वाहिर रहेकाहरु पनि घरमा आउन तम्तयार भएक्ा छन् । दशैमा हृुन सक्ने आपराधिक घटनालाई मध्यनजर गर्दै राजधानीको सुरक्षा व्यवस्था कडा बनाउने समाचार पनि आएको छ । आधुनिकताको नाममा आफ्नो संस्कृति समेत भुलेका हामी नेपालीको एउटै बुकी पहिचान बनेको छ दशै ।
  असत्य माथी सत्यको विजय स्वरुप मनाइने यो  पर्व अधिकांशकालागि दशा बन्न पुगेको छ भने केहिलाई मात्र दशैको महशुस हुन थालेको छ । हुने खाने र कालाबजारियाहरुका लागि मात्र दशै तामझमका साथ आउने गर्दछ यि वाहेक अरुका लागि दशा सावीक बनेको छ । ुदशै आयो खाउला पिउलाू भन्ने जनवोलीलाई भोकमरी जस्ता समस्याले चुनौती थप्ाी दिएको छ । दशैको आगमन संगै मुगु हुम्ला र बाजुरामा फैलिएको भोकमरी समस्याले गर्दा यस वर्षको दशै खल्लो मात्र होइन अविस्मरणिय नै हुने निश्चित छ । मिडियाहरुमा यति धेरै भोकमरीका समाचारहरु आइरहदा समेत सम्वन्धीत निकायले यस तर्फ ध्यान दिएको देखिदैन । नेपालीमा एउटा उखान छुआयो दशै ढोल बजाई गयो दशै ऋण बोकाईू । आफ्नो गच्छे भन्दा बढि देखावतीमा लागेर कुनै पनि चाडपर्व मनाउनु हुदैन । यसरी आफ्नो औकात भन्दा माथी उठेर चाडपर्व मनाउनाले नै ब्यापारीहरुलाई फाईदा पुगेको छ ।
बढ्दो बिकृित
नेपालीहरुको चाडपर्वको मौषम शुरु भएको छ । लगातार आउने दशै तिहार छठ लगायत पर्वहरुले हुदा खाने वर्गका लागि वाकवाकी बनाउने निश्चित नै छ । तर अभाव र मंहगीले गर्दा हुने खानेलाई समेत प्रभाव पर्ने निश्चित नै छ । अर्काे कुरा सुरक्षाको दृष्तिकोणले हेर्दा पनि यस्ता बेलामा निकै खतरा आइरहेका हुन्छन् । नजिकिदो दशै संगै चोरी र ठगीका घटनाहरु बढिरहेको छन् । हामीले धार्मीक दशै मनाइरहदा चोरहरु भने मस्तीको दशै मान्न तल्लिन छन् । त्यसैले यस तर्फ पनि सतर्क हुनु जरुरी छ । अर्काे कुरा विभिन्न बहानामा कुपन भिराउने चलन पनि फस्ताइरहेको छ । कतै सडक मर्मत त कतै सरसफाई जस्ता िनंहु बनाई बिल काट्ने गरेको पाईन्छ । अकाृै कुरा उपहार योजनाहरु ल्याएर रन्भुलाउने कोसीस सदा झै यस पटक पनि निकै देखिएको छ । ५० रुपैंयाको चिठ्ठामा मोटार बाइक राखेर आशा देखाए पछि नलोभिने कुरै भएन । अन्नत त यो लोभले लाभ लाभले विलाभ सिवाय केहि होईन । यसको नतिजा सार्वजनिक गर्दा कतिको प्रभावकारी हुन्छ भन्ने कुरामा भने कसैले वास्ता गरेको पाईदैन् । प्रत्येक वर्ष झै सुरक्षा निकायले कारवाही गर्ने जानकारी त दिएको छ तर त्यो सुचनामै सिमित हुने कुरामा निर्धक्क छ । यसरी चिठ्ठा कार्यक्रम गर्नु भन्दा कुनै संगीतमय कार्यक्रम गरेको भए दुबै हातमा मिठाई हुने थियो ।
अर्काे बिकृति भनेको तास जुवा र पेय पदार्थको बढ्दो प्रयोग छ । गत वर्ष मात्रै एक ठाँउमा जुवामा सवै सम्पत्ती हारे पछि आफ्नो छोरी लाई समेत च्याखे थापेको समाचार वाहिर आएको थियो । कुनै कथा जस्तो लाग्ने यो घटना भनेको जुवा लतको नतिजा हो । वर्ष दिन भरी कमाएको पैसा दशैमा एक्लैले यसरी तास र जुवामा उदाउदा परिवारको के हालत होला  टिकाको दिन साइत जुराउन पनि जुवा खेल्नु पर्छ भन्ने मानसिकता नेपालीहरुको छ । ुओल्ड इज गोल्डू भन्ने कुरा सवैमा लागु हुदैन त्यसैले पुराना कठनहरुलाई पनि सहि रुपमा मात्र उपयोगमा ल्याउनु जरुरी छ । अर्काे बाध्यात्मक बिकृति भनेको यातायातको हो । यस बर्ष पनि गत असोज १ गते देखि नै अगि्रम बुकिङ खूल्ला गरेको जनाइए पनि खुलेको तिन÷चार दिनमै टिकट सकिएको जानकारी आउनुले यस तर्फ कतिको कालाबजारीया सप्रेका छन भन्ने कुरा छर्लङ्गै्र छ ।
एउटै सिटको लागि धेरै वटा टिकट बेचेर कुम्ल्याउनेको जमात पनि निकै छ । यस तर्फ समयमा सोचिएन भने आफुले काटेको टिकट नक्कली हुने कुरामा दुईमत छैन् । टिकट नपाउनु र बाध्यता हुनुले हुटमा यात्रा गर्नु अन्तिम बिकल्प हो । यसरी हुटमा बसेर यात्रा गर्दा दुर्घटना हुने संभावना निकै हुन्छ । दशै ताका यस्ता घटनाहरु धेरै हुनुको कारण एकातिर धेरै लोड हुनु र अर्काेतिर सिटको विषयमा ड्राइभरसंग झगडा हुनु नै हो । त्यसैले सम्वन्धित निकायले यस तर्फ ध्यान दिएर यातायातका साधनको थप व्यवस्था गर्ने हो भने यो समस्याबाट मुक्त हुन सकिन्थ्यो । अर्काे कुरा चाडपर्व मान्ने नाममा चिल्लो पिरो खाने र अधिक रक्सी तथा मासु सेवन गर्नाले हाम्रो स्वास्थ्यमा ठुलो असर परिरहेको हुन्छ । त्यसले आफ्नो स्वास्थ्य अवस्थालाई हेरेर मात्र खानपान गर्नु जरुरी छ
अहिले धार्मिक भन्दा पनि राजनीतिक दशैको महोल निकै देखिएको छ । कामचलाउ सरकारको भरमा मुलुक लथािलंग भईरहदा पनि सवै आ आफ्नै धुनमा ब्यस्त छन । त्यसैले दशा नबनुन यो दशै यहि कामना छ ।

पेट्र्ोलको लाइन कहिल्यै नहोस
ल्ोाडसेडिङ सदा अन्त्य होस<
बन्द हड्ताल बन्दै होस
मोवाईलमा नेटवर्क सधै लागोस

नेताहरु लाई वुद्धी आओस
रोग व्याधी सवै जाओस
पुारा होस सवैको मनोकामना
यहि छ मेरो शुभकामना ॥