रामजी बलामी
फेसबुकले जमेको जोडी
माँयामा स्वार्थ हुनुहुदैनू त्यो दिन मैले फेसबुकको वालमा लेखेको वाक्य हो यो जसले मेरो जिवन साथी संग भेट गर्न सहयोग गर् यो । यो वाक्य लेखेकै भोली पल्ट साइन इन गर्ने वित्तिकै नौलो साथीको कमेन्ट र रिक्वेस्ट पाए । जुली नाम गरेकी उनको प्रोफाइल भिजिट गरे पछि मैले पनि एसेप्ट गरे । भर्खर प्लस टु पढदै गरेकी उनको र मेरो बसाइ निकै टाढा थियो । भनिन्छ ुभौतीक शरिर टाढा भए पनि भावनात्मक नाता नजिक हुन्छू । ठिक यस्तै अनौठो संगम जुर् यो मेरो जिवनमा । त्यो दिन मेरो वाक्यमा उनको कमेन्ट यस्तो थियो ु सच्चा मायाका लागि दुवैको सहमती चाहिन्छू । कुनै विज्ञको जस्तो लाग्ने यो भनाईले मेरो मनको भावना वुझे जस्तो लाग्यो । म पनि फेसवुकको नौलो सिकारु भएको नाताले त्यती चलाउन सकेको थिएन अर्काेतिर उनी पनि भर्खर नेटको दुनियामा प्रवेश गरेकी रहिछ । त्यो दिन अनेक खुल्दुलीका साथ दिन वित्यो ।
भ्ोली पल्ट मलाई निकै उत्सुक लागेको थियो कि को साथीले के कमेन्ट गरे होलान भनेर । अफिस पुग्ना साथ फेसवुक खोलेर हेरेत्यो दिन पनि माया पि्रतीकै वाक्य लेखेको थिए जसमा उनको कमेन्ट पनि म संगै सहमती जनाउने खालको थियो । त्यो दिन मैले उनको म्यासेज पनि पाए । म्यासेजमा यस्तो लेखिएको थियो ुतपाईको स्टाटसले मेरो मनको कुरा बोले जस्तो लाग्यो त्यसैले धन्यवाद तपाईलाई ू । उनको धन्यवाद पाए पछि मेरो मनमा पनि अनेक कुरा खेल्न थाल्यो तर पनि त्यो दिन मैले पनि धन्यवाद सिवाय केहि फर्काउन सकिन । कतारको मरुभुमीमा पसिना चुहाएर बसेको मैले आफ्नै देशमा हुर्केकी चेलीको धन्यवादले मेरो शिर उठेआंखा अझ चम्किला भए दिमागमा खुल्ला बहस चल्न थाले । संयोग नै मान्नु पर्छ त्यो दिन उनी अनलाइनमा आइन र आफै बोलिन ुहाइ दादा नमस्तेू मैले पनि फर्काइहाले नमस्ते । यो हाम्रो पहिलो भेट थियो त्यसैले रमाइलो गफका साथ त्यो चर्किएको घामको महशुस नै नगरिकन दिन विते जस्तो भयो ।
आजकल फेसवुकबाट ठगिने र ठग्ने क्रम बढ्दै गइरहेको छ । त्यसैले शुरुमा मैले पनि उनलाई विश्वास गर्न सकिन् तर प्रविधीले गर्दा फोन र च्याटमा हाम्रो दिनंहु जसो कुरा भए पछि हाम्रो मायामा विस्तारै इटाँ थप्दै गयो । माँया कहिले कसरी बस्यो पत्तै भएन् । एउटा कन्सलट्यान्टमा एकाउन्टको जागिर खाएकी उनि र खाँडीको कम्पनीमा जागिरे म बिचको काम भने समान थियो । सायद यसैले पनि होला हाम्रो मिलनले विछोदको श्वास समेत फेर्न पाएन । दिनहरु वित्दै गएम उनको प्रतिक्षामा उनी मेरा प्रतिक्षामा बस्र्दैै । आजभोली भन्दाभन्दै एक वर्ष त नाघिसकेछ । तर मैले आफ्नो मन भित्रको भावना अझै उनि सामू भन्न सकेको थिएन । माया फस्टाउदै गए पनि हामी दुवैले एक अर्कामा माया गर्छु भन्न भने सकेको थिएन ।
एक दिन कुरा गर्दै जाने क्रममा उनले नै सोधिन् ुदादा तपाई कहिले घर आउनु हुन्छ ू मैले पटक पटक साथी भन्नु दादा नभन्नु भन्दा पनि अझै पनि उनले यहि शब्द भनि रहन्थिन् । मेरो घर आउन जम्मा दूइ वर्ष बाकि थियो त्यसैले उसलाई यहि कुरा भने । एक दिन उनको अनुपस्थितमा मलाई भोक प्यास पनि लाग्दैनथ्यो सायद उनीलाई पनि निन्द्रै लाग्दैनथ्यो होला त राती पनि मिसकल दिएर सम्झिन्थी । उनि मलाई घर कहिले आउने भनेर बारम्वार सोध्ने गर्थिन तर किन भन्दा मुसुक्क हासेर चुपचाप बस्थी ।
त्यो दिन हामी भिडियो भ्वाइस च्याटमा थियौ । सदा अरु दिन भन्दा त्यो दिन उनको बोलीमा भिन्नता आइरहेको थियो । दिनभरीको प्रयास पछि पनि बोल्न असफल भए पछि छुट्टिन लाग्दा अप्ठेरो मान्दै सोधिन् ुएउटा कुरा सोंधुू मैले नाइ भन्ने कुरै थिएन किनकी अब त मेरो लागि उनी जतीको राम्रो मान्छे कल्पना पनि गर्न सकेको थिएन त्यसैले हुन्छ भनिहाले । त्यस पछि अप्ठरो मान्दै बाध्यता भएर कुराको डोरो फुकाइनु दादा नरिसाउनु ल ू लगतै मैले भने ुभन्नु न किन रिसाउनु त मू त्यस पछि पनि गाह्रो मान्दै भनिनुदादा मेरो घरमा बिहेको कुरा चलेको धेरै भइ सक्यो घरमा कहर गर्दै छ भोली केटा आउदैछ रे म के गरु ू उनको यो वाक्यले म आकाशबाट खसेको जिउदा लाश जस्तो भए । वास्तवमा मैले उनीसामु मेरो मायाको कुरा नफुकाउनु नै ठुलो भुल थियोउनलाई आशा थियो कुरा म बाटै आओस तर अपवाद म माया गर्छु भन्न सकिरहेको थिएन अन्तत वाध्य भएर उनि आफैले भनिन् ।
घरको वृतान्त सुन्दा मेरो मन उकुसमुकुस भएहातले माउस समाउन पनि सकेनकुरा लडबडियोअनि मनमा कता कता ठुलै भुँइचालो भए जस्तो लाग्यो । उनी सामु भएको भयो आशु पुछ्ने थिए अनि सम्झाउने थिए तर के गर्नु दुई छाक तार्नैका लागि हजारौ कोश टाढा मरुभुमीमा रुमलिरहेको मैले नरुनु भन्नु सिवाय केही गर्न सकेको थिएन । मात्र उनको र मेरो भेट प्रविधीले जुराएको थियो । मलाई पनि उनि सामु वास्तविक माँया भन्नु थियो त्यसैले यहि मौकामा बोली हाँलेुए मेरी सानु तिमी पिर नगरमैले तिमिलाई धेरै माँया गर्छु तर भन्न सकिन त्यसको लागि माफी चाहन्छु तिमिलाई घरमा त्यती अप्ठेरो भएको भए म अहिल्यै घर आएर बिहे गर्न तयार छु हुन्छ ू मेरो यो वाक्यले उनलाई निकै खुसी ल्याएछ क्यारे उनि पनि झस्किएर वोलिन् ुके उसो भए हाम्रो कुरा मेरो घरमा गरौ तू उनको यस्तो आँट देखेर म अझ आश्चर्यमा पर्छु । उनि खानदानकी चेली म एक छाकको लागि मरुभुमीमा रुमलिने मान्छे कसरी उनको परिवारले मलाई स्विकार्लान र भन्ने सोच्दै मेरो कहानी वताए । उनले केही नाँइ नास्ती नगरी परिवारलाई भन्ने र उनको कुरामा परिवारले हस्तक्षेप नहुने कुरा वताए पछि मेरो मन यति खुसी रमाए कि म यहाँ उल्था गर्न समेत सक्दिन् । यसरी अरु बखत ख्यालठट्टामा वित्ने समय त्यो दिन मनको वेदना पोख्दै वित्यो ।
म्ौले पनि मेरो घरमा बिहेको वारेमा सवै कुरा वताए मेरो घरमा बिहेको कुनै रोक तोक थिएन । म छु बिदेशी भुमीमा जुली छे मेरो पर्खाइमा अनि मेरो परिवार र उनको परिवार मेरो उपस्थितको पर्खाईमा । तिन वर्षको लागि हिडेको म किवोर्डबाट जुरेको पि्रति साट्न घर आउने भए । यो कुराको खुलस्तता संगै जुलीको म प्रतीको ब्यवहारमा निकै फरक पाए । कहां मरुभुमीमा िजंउदो लाश सरी बाँचेका मान्छे म अनि कहां आफ्नै देशमा रमेका उनि हाम्रो मिलन मात्र अहिलेको प्रविधीले गरेको थियो ।
योजना अनुरुप म पनि नेपाली भूमीमा पाइला टेक्न आए एयरपोर्टको शितल हावा संगै मेरी जिवन संगीनीलाई फोन गरे उनि पनि मेरै पखाईमा एयरपोर्टको गेटमै कुरेर बसेकी रहिछ । दूइ वर्ष सम्मको गफ पछि प्रत्यक्ष भेट भएको यो क्षण म निकै खुसी थिएउनि मैले सोचे भन्दा निकै राम्री थिइ सायद पहिलो भेट भएर पो हो की अझ मुसुक्क हासेर नरम हातले स्पर्श गर्दै दर्शन भनेको बोली सुन्दा त अझै पनि फुरुङ्ग हुन्छु म । त्यस पछि हामी त्यहाबाट एउटा होटलमा गएर मिठो बात संगै चिसो पियौ र आ आफ्नो घर तिर लाग्यौ । भर्खरै भेटेका मायालु देखि छुटिनु पर्दा कस्तो हुदो हो भन्नेा कुरा यो बेला राम्ररी अनुभव गर्न पाए । मुख न्याउरो पार्दै फोन गर्न इशारा गर्दै उनले पनि बिदाइका हात हल्लाईन् ।
त्यहाँबाट छुटे पछि म मेरो घरको अभिभावक संग भेटघाटमा लाँगे । केहि दिन पछि हाम्रो पूर्व योजना अनुरुप नै उनको घरमा गयौ साधारण कुर्तामा सजिएकी उनि म देखेर लजाए जस्तो गरिनमलाई लाग्थ्यो उनी म भन्दा पनि मेरो बुबा देखे लजाएको हुनुपर्छ किनभने हाम्रो त पहिले नै भेटघाट भै सकेको थियो । उनको परिवारको न्यानो स्वागत पछि बिबाहको मिती निश्चित गरि फर्कियौ । सोहि मिती अनुसार हामी वैवाहिक सम्बन्धमा गास्यौ । सयौ कोश टाढाको मायालाई पनि नजिक ल्याएर हाम्रो मिलन गराइ दिएकोमा इन्टरनेट संसारलाई साधुवाद ॥
समाप्त
No comments:
Post a Comment
Thank u.